आँखैमा गाजलुमा नाजिर र सम्पदाको अनस्क्रिन रोमान्स ( भिडियो )

पुस ५, काठमाडौँ । अस्ट्रेलियामा बसेर आफ्नो संगीत यात्रा अघि बढाइरहेका  गायक केदार बरुवाल क्षेत्रीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘आँखैमा गाजल’ सार्वजनिक गरेका छन्।

प्रेमिल शैलीको यस गीतमा गायक केदार बरुवाल क्षेत्री र गायिका मेलिना राईको युगल स्वर सुन्न सकिन्छ। गीतमा शब्द र संगीत स्वयम् गायक केदार बरुवाल क्षेत्रीको नै रहेको छ।  गीतमा उदय राज पौडेलको संगीत संयोजन रहेको छ।   युवा युवतीको विचको प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको म्युजिक भिडियोमा नायक नाजिर हुसेन र सम्पदा बानिया फिचर्ड छन्।

राजिव समरले कोरियोग्राफी गरेको यस भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन्। भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।  शान थापाको निर्देशनमा भिडियो तयार पारिएको हो। स्टुडेण्ट भाइब्स अस्ट्रेलियाको प्रायोजन रहेको यस भिडियोलाई स्वयम् गायक क्षेत्रीको अफिसिएल  युटुय्व च्यानल ुकेदार बरुवाल क्षेत्री अफिसिएलु मार्फत सार्वजनिक गरिएको हो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.