बबिना किरातीको ‘तिम्रै माया लाग्छ’ सार्वजनिक (भिडियो)

मंसिर २८, काठमाण्डौं। बिनय गदाल र गरिमा शर्मा अभिनित मनछुने गीत ‘तिम्रै माया लाग्छ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर गायक उद्दव बिश्वकर्मा र गायिका बबिना किरातीको रहेको छ। गीतमा शब्द र संगीत स्वयम गायक उद्दव बिश्वकर्माको रहेको छ। यस गीतलाई मनोज खड्काले संगीत संयोजन गरेका हुन्। रोजगारीको लागि बिदेशिनु पर्ने नेपालीहरुको बाध्यताको कथालाई मनछुने ढंगबाट प्रस्तुत गरिएको भिडियोमा बिनय र गरिमाको मुख्य भुमिका देख्न सकिन्छ। यसका साथै भिडियोमा राम चन्द्र अधिकारी र हरि शरण रसाइलीको पनि अभिनय रहेको छ। भिडियोमा अजय रेग्मीको छायांकन, पदम सुवेदीको सम्पादन रहेको छ । शिव बिकको कोरियोग्राफी र निर्देशनमा भिडियो तयार पारिएको हो।

अभिनयमा पहिलो पटक डेब्यु गरेका मोडेल गदालले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सम्पुर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्। साथै आगामी दिनहरुमा अझै स्तरिय सिर्जनाहरु सार्वजनिक गर्दै जाने गदालले बताएका छन्।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.