विश्व सम्पदा क्षेत्र स्वयम्भू बचाउ गर्दै बौद्धमा शान्ति दीप प्रज्वलन (भिडियो सहित)

मंसिर २१, काठमाडौँ । विश्व सम्पदा क्षेत्र स्वयम्भू  बचाऔँ अभियान अन्र्तगत विभिन्न सामाजिक संघ संस्था तथा सामुदायिक संस्थाहरुको प्रतिनिधित्व गर्दै शान्तिपूर्ण तवरबाट विरोध प्रर्दशन गरेका छन् ।

त्यस्तै शनिबार बौद्ध स्तूप, स्वयम्भू, लुम्बिनी लगायत विभिन्न बौद्ध धार्मिक संस्थाहरुमा दीप प्रज्वलन तथा पूजा पाठ गरिएको छ । विभिन्न बहानामा शान्तिका प्रतिमूर्ति एवम् बौद्ध धर्मलम्बीहरुको आस्थाका केन्द्र मानिएको स्वयम्भूमा रहेको बुद्धका मूर्ति तथा मणि भत्काउने तयारी रहेको भन्दै खबरदारी स्वरुप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।

नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतको सडक विभागले चक्रपथ विस्तारको दोस्रो चरणमा कलङ्कीदेखि चाबहिल सम्मको सडक विस्तार गर्ने क्रममा विश्व सम्पदामा सूचिकृत क्षेत्रको ऐतिहासिक, धार्मिक, साँस्कृतिक सीमा स्तम्भ लाई समेत मिचेर त्यस क्षेत्रभित्र रहेको हातले घुमाउने मणि र हजार मूर्तिसहितको ७५ फिटको विशाल चैत्य भत्काउने तयारी रहेको भन्दै बौद्ध मार्गीहरुले ध्यानाकर्षण गरेका छन् । बुद्ध जन्मेको देशमा सरकार र सम्बन्धित निकायले गरेको गलत निर्णयले बौद्धमार्गी तथा सम्पदाप्रेमीहरुको भावनामाथी गम्भीर चोट पु¥याएको भन्दै उक्त निर्णय तत्काल रोकिनु पर्ने माग राखेका छन् ।

कुनै हालतमा ऐतिहासिक तथा धार्मिक स्वयम्भू विश्व सम्पदा क्षेत्र मास्न नदिने अभियान्ताहरु बताउँछन् । सम्पदाहरुको संरक्षण तथा प्रर्वद्धन गर्नुपर्ने बेला सडक विस्तारको क्रममा विश्व सम्पदामा सूचिकृत संरचना भत्काउन लगाउनु गलत मानशाय भएको भन्दै सम्पदा परिसरमा रहेको कुनै पनि बस्तु नहटाउन सरकारलाई खबरदारी गरेका छन् ।

भिडियो रिर्पोट

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.