२५ किलो अवैध लागूऔषध गाँजासहित पक्राउ

मङ्सिर १८, काठमाडौं । बाँकेमा २५ किलो अवैध लागूऔषध गाँजासहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका ४ जयरामपुरवा बस्ने ४५ वर्षीय धनिराम यादव छन् । इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले यादवको घर तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.