मंसिर १४, काठमाडौँ । म्हेन्दोमाया तथा सेलो गायक रोम ब्लेन्देनको गीत ‘च्याङ्ना माया’ को म्यजिक भिडियो सार्वजानिक भएको छ ।

‘च्याङ्ना माया’ गीतमा गायक रोम लामा ब्लेन्देन र चर्चित गायिका जितु लोप्चनको सुमुधुर अवाज रहेको छ । यस गीतको शब्द लय तथा संगीत संगीतकार एवम् गायक विशाल कल्तानको रहेको छ भने संगीत संयोजन दिपेश प्रधान गरेका छन् । गायक रोम ब्लेन्देन प्रवासमा रहेर पनि आफ्नो तामाङ भाषाको गीत संगीतलाई निरन्तरता दिदै आएका छन् । उनले यस पटक पनि युवा पुस्तामा निकै आशा लाग्दो मनोरञ्जनात्मक प्रेमिल गीत ल्याउन सफल भएको छ ।
उक्त म्यूजिक भिडियोमा मोडल तथा नृत्य निर्देशक अभी लामा र अनिता गोलेले अभिनय गरेका छन् । भिडियो निर्देशन तथा कोरियाग्राफर पनि निर्देशक अभिकै रहेको छ । म्यूजिक भिडियोको छायांकन तथा सम्पादन भने बज्र ङेस्युर गरेका हुन् ।

