इरानी वैज्ञानिकको हत्या, संयमता अपनाउन राष्ट्रसंघको आग्रह

मंसिर १३, काठमाडौँ । संयुक्त राष्ट्रसंघले मध्यपूर्वमा संयमता अपनाउन आग्रह गरेको छ । इरानका एकजना वैज्ञानिकको हत्या भएपछि संयुक्त राष्ट्रंघले सो आग्रह गरेको हो । ती वैज्ञानिकको हत्यापछि त्यहाँ हुनसक्ने हिंसाको मध्यनजर गर्दै सो कुरा बताएको हो ।

संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले सो आग्रह गरेका हुन्। महासचिव गुटर्रेसका प्रवक्ता फराह हकले बिहीबार प्रकाशन गरेका विज्ञप्तिमा सो आग्रह गरिएको छ । उपप्रवक्ता हकद्धारा प्रकाशन गरिएको सो विज्ञप्ति भनिएको छ, हामीलाई लाग्छ सो क्षेत्रमा अब कुनै पनि किसीमको हत्या हिंसाको अवस्था आउन भएन, त्यसका लागि अहिले नै संयमता अपनाउनु जरुरी छ। शुक्रबार इरानका एकजना वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको छ । इरानका वरिष्ठ आणविक वैज्ञानिक मोसेन फाहरिजादेहको् हत्या भएको थियो । इरानको रक्षामन्त्रालयले सो हत्याको विषयमा पुष्टि गरेको छ । सो मन्त्रालयले शुक्रबार आफ्ना वरिष्ठ आणविक वैज्ञानिकको हत्या भएको जानकारी दिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.