मकवानपुरको इन्द्रसरोवर र थाहानगरमा दुई वटा शव फेला

मंसिर १२,मकवानपुर। इन्द्रसरोवर गाउँपालिका–३ पापीखोल्सामा आज बिहान एक शव फेला परेको छ । उक्त स्थानमा ललितपुर हुसेलका अन्दाजी ७५ वर्षीय प्रताप बज्यूको शव फेला परेको हो । इलाका प्रहरी कार्यालय भीमफेदीका अनुसार शव परीक्षणका लागि हैटौँडा अस्पताल ल्याइँदै गरेको छ ।

यसैबीच गाउँपालिकामा एक महिलाको शव फेला परेको छ । इन्द्रसरोवर–१ कुलेखानी जलाशयमा थाहा नगरपालिका वडा नं ५ की २८ वर्षीया राधिका लामाको शव फेला परेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । शव परीक्षणका लागि बिहीबार नै हेटौँडा ल्याइएको थियो । रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.