भलिबल संघका उपाध्यक्षद्वारा खेल सामाग्री हस्तान्तरण

मङ्सिर ६, काठमाडौं । गोकर्णेश्वर नगरपालिका वडा न ४ स्थित फाईभ स्टार क्लबलाई आज एक कार्यक्रमका बिच भलिबल नेट लगायतका खेल सामग्री  क्लबका अध्यक्ष किरण केसीलाई हस्तान्तरण गरिएको छ।                                         

गोकर्णेश्वर नगरपालिकाकी मेयर शान्ती नेपाल,नेपाल भलिबल संघका उपाध्यक्ष कुमारराज सुवेदी,४ न वडा सदस्य जयराम पुडासैनी,सहिद पार्क बन उपभोक्त समुहका अध्यक्ष सुदर्शन शिग्देल लगायत स्थानीयहरुको उपस्थितिमा,संघका उपाध्यक्ष कुमारराज सुबेदीको पहलमा उक्त खेल सामाग्री हस्तान्तरण गरिएको हो।                                           

खेल सामग्री पाएसँगै खेलाडीहरुलाई भलिबल खेलमा लाग्न थप प्रेरणा मिलेको क्लबका अध्यक्ष किरण के सीले बताए।
खेल क्षेत्रमा अधि बढ्न चाहने जुनसुकै खेलका खेलाडीहरु लाई पनि आफूले सकेको सहयोग गर्ने उपाध्यक्ष कुमारराज सुबेदीले प्रतिबद्धता ब्यक्त गरे।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.