प्रशिक्षक चन्द सम्मानित

मंसिर ६, काठमाडौं। लामो समय देखि खेलकुदको बिकास र बिस्तार बिशिस्ट योगदान पुर्‍याएका खेलाडी प्रशिक्षकहरु लाई सतुङ्गलले डोजोले साम्मान गरेको छ।

एक कार्यक्रमका बीच डोजोले कीर्तिमानी खेलाडी दिपक विष्ट, दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक विजेता आयशा शाक्य, कराते प्रशिक्षक प्रकाश चन्दलाई ताम्रपत्र सहित सम्मान गरेको हो ।

दिपक विष्ट दक्षिण एसियाली खेलकूदमा चारवटा स्वर्ण जितेका कीर्तिमानी खेलाडी हुन् । आयशा शाक्यले पनि दक्षिण एसियाली खेलकुदमा दुई वटा स्वर्ण पदक जितेकी थिइन् ।

यस्तै कराते प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री प्रकाश चन्दले दक्षिण एसियाली खेलकुद सँगै अन्य अन्तर्राष्ट्रिय प्रतियोगिता संचालन गरेका थिए ।
हाल महिला हिंसा विरुद्ध महिला लक्षित आत्मरक्षा तालिम प्रदान गर्दै आईरहेका छन।

यस्तै खेलाडी गजेन्द्र साउद, प्रशिक्षक वीर कृष्ण शाही र चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ का अध्यक्ष उत्तम बहादुर राउतलाई पनि सम्मान गरेको छ ।

सतुङ्गल डोजोका प्रमुख प्रशिक्षक सागर शाही संयोजक रहेको उक्त सम्मान कार्यक्रममा नेपाल सरकारका उधोग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट र राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिव कोईराला (ज्वाला) ले सम्मान गरेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.