नीति अनुसन्धान प्रतिष्ठान नेपालको छैठौँ साधारणसभा सम्पन्न

मंसिर ५, काठमाडौँ । नीति अनुसन्धान प्रतिष्ठान नेपालको छैठौँ साधारणसभा सम्पन्न भएको छ ।

शुक्रबार काठमाडौँको सिनामंगलमा भएको साधारणसभामा प्रतिष्ठानका अध्यक्ष नारायण ढकालबाट बार्षिक कार्यपत्र प्रस्तुती गरी विषयगत छलफल तथा सुझाव सहित सभा सम्पन्न भएको हो । प्रतिष्ठानले स्थापनाकालदेखि राष्टिय नीति निर्माण तहमा सहयोग पुर्याउदै आएको बताउँदै अध्यक्ष ढकालले यस वर्ष भने कोभिडका कारण केही कार्यक्रमहरु प्रभावित भएको बताउँनुभयो ।

प्रतिष्ठानले नेपालको नीति निर्माणका लागि राष्टिय अन्तर्राष्ट्रिय  स्तरका कार्यक्रमहरु गर्दै आएको छ । नेपालका सरकारी तथा गैरसरकारी पक्षका सोध तथा नीति निर्मताहरुलाई सहज बनाउन प्रतिष्ठानले पुर्याउँदै आएको भूमिकालाई थप शसक्त बनाउन विज्ञ सल्लाहकार समूह, सञ्चालक समूह र कार्य समिति गरी तीन भागमा संरचना निर्माण गरेको प्रतिष्ठानका निर्देशक डा. दीपक कुमार अधिकारी बताउनुभयो ।

साधारणसभामा प्रतिष्ठानका सदस्यहरु, विभिन्न प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरु तथा सञ्चार माध्यमका प्रतिनिधि सहभागी थिए । साधारणसभाबाट वार्षिक प्रगति प्रतिवेदन, लेखा परिक्षण प्रतिवेदन पारित गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.