सिन्धुपाल्चोकको चौतारामा संरक्षित चितुवा मृत फेला

कात्तिक ३०, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिका–४ मा पर्ने लाम्पाखे सामुदायिक वनको ठूलोचौरमा संरक्षित चितुवा मृत अवस्थामा फेला परेको छ ।

अन्दाजी २५ किलो तौलको पाटे चितुवा शनिबार बिहान मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । बस्तीबाट अनुमानित एक किलोमिटर माथि जंगलमा टाउकामा चोट लागेको अवस्थामा मृत चितुवा फेला परेको हो ।

दुई चितुवाबीच भिडन्त हुँदा उक्त चितुवा मरेको आशंका गरिएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए। केही समय पहिलेदेखि नै बाघ, चितुवाले गाईवस्तु खान थालेपछि स्थानीयवासी चितुवाको आक्रमणबाट हैरान हुँदै आएका थिए । मृत चितुवालाई घटनास्थल छेउमा गाडिएको जिल्ला वन कार्यालयका प्रमुख लोकराज नेपालले जानकारी दिए ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.