अधिकारका लागि लड्दा बसेको हिरासत भन्दा कोरोनाको पिडा कठिनः ज्ञानकाजी तामाङ

कोरोना अनुभाव

ज्ञानकाजी तामाङ,
गत कार्तिक १३ मा काठमाण्डौको मौसममा सामान्यतय चिसो बढिसकेको अवस्था हो । चिसो लागेको भए पनि भर्खरै सकिएको दशैले मानिसहरुको चहलपहल तातेको थियो । शरिरमा चिसो बढेको हुनाले मानिसहरु न्यानो बनाउन बाग्लो खालको कपडा लगाएर बसेको देखिन्थ्यो । मलाइ पनि केहि दिनदेखि शरिर सामान्य अवस्थामा नभएको कारणले जाडो, रुघखोकि र थकान मात्रै महसुश भईरहेको थियो । शरिरलाई न्यानो बनाउन सिरक ओडेर साथिको घरमा दिन भरि सुतेर बसेका थिए । अचानक मोबाईलमा म्यासेज आयो जसमा हिजो मात्रै दिएको कोरोना परिक्षणको रिर्पाेट हेर्नको लागि पठाएको युजर नेम र पासवर्ड थियो । मनमा डर लागेको थियो ।

रिर्पाेट आफैले हेर्न सकिएन । पल्लो कोठामा बसिरहेको साथिलाई खबर गरे, उनले ल्यापटप खोलेर रिर्पाेट हेरे र नियाउरो अनुहार गर्दै “ला रिर्पाेट त पोजिटिभ रहेछ” भने । एकछिन त तन, मन र मष्तिस्क शून्य झै भयो केहि सोच्न सकिएन, संसार रोकेको महसुस भयो । मलाई मेरो भन्दा पनि आफन्तको चिन्त लाग्यो , गाँउमा रहेको बुढाबुढी आमा बुवा र गाँउले आफन्तको चिन्त लाग्यो । किन भने २ दिन अगाडि मात्रै गाँउमा दशै मनाएर हतार हतार फर्केका थिएँ । दशै शुरु हुनुभन्दा करिब १ महिना अगाडि देखि नै आमाले भावुक हुदै सबैजनालाई दशैमा घर आउन आदेश दिईरहनु भएको थियो । तर हामिले दाई भाउजुको परिवार र सकेसम्मा कसैलाई पनि यस्तो महामारिमा गाँउमा नजानु भनेर काठमाडौमा बस्ने युवाहरुले सबैलाई आव्हान गरिरहेको थियौँ ।

काम विशेषले गर्दा मलाई गाँउ जानै पर्ने भयो । एक मनले नजाउ त लागेको थियो तर आफ्नो काम पनि सम्पन्न हुने र आमाको भावुकतालाई कदर हुने हुनाले काठमाडौमा रोक्न सकिएन । फुलपातिको दिन गाँउमा जाने योजना बनायो । शरिरमा कुनैपनि खालको असन्तुलन थिएन । पिसिआर परिक्षण गर्ने योजना बनाउदै थियो तर कार्य व्यस्तता र स्वस्थ शरिरले गर्दा परिक्षण नगरिकन नै गाउमा गएको थियो । गाँउमा रहदा पनि माक्स लगाउदै सामाजिक दुरि कायम गरेर बस्ने योजना सहित गाँउमा पुगियो ।

महामारिको त्रासले गर्दा गाँउमा केहि संख्यामा मात्रै गाउँले आफ्न्तहरु दशै मनाउन गाँउमा आएको रहेछ । गाँउमा दाजुभाईहरुको भेटघाट राम्रो नै जम्यो । हरेक भेटघाटमा र घरमा हुने बेला सामाजिक दुरि र माक्स लगाएर नै बसे । गाँउमा नै हुने केहि आफन्तहरुलाई पहिला देखिनै सामान्य रुघाखोकि लागेको रहेछ । मनमा कतै कोरोना पो होकि भन्ने डर पनि भयो तर गाँउमा कसरि कोरोना आउला र भनेर खासै चासो दिएन । दशैको टिकाको दिन शरिरमा सामान्य फेरबदल आयो । रुघा लागेर बासना हराउदै गयो । मनमा चिसो त पसेको थियो तर सामान्य रुघाखोकि हो भनेर खासै वास्त गरेन । सबै सुरक्षा विधि अपनाएर दशैको टिका पनि सक्यो । बेलुका दाजुभाईहरुसँग मापासे र तास खेल्दै रमाईलो गरे । भोलिपल्ट बिहान रुघाले झन् कडा हिसाबले च्यापेको महसुस भयो । जतिसुकै कडा वासना भएको वस्तुको समेत गन्ध केहि थाहा पाएन , सामाजिक दुरि कायम गरेर नै घरमा खाना खाए र तुरुन्तै काठमान्डौ आए । मनमा यो लक्षण कतै कोरोना पो होकि भन्ने शंका लागेर कोठामा जानु ठिक लागेन । किन भने कोठामा दाई भाउजु र सा साना नानिहरु थियो । र दुरि कायम गरेर बस्ने खालको संरचना पनि थिएन । एकजना मन मिल्ने साथिलाई सबै बेलिबिस्तार सुनाएपछि उनले उसको घरमा दुरि कायम गरेर बस्न सक्ने व्यवस्था गर्न सक्छु भने । त्यसपछि सिधै ललितपुरको कुसुन्तीमा साथिको घरमा पुगे । भोलिपल्ट केहि कम होला की भनेर तातो पानीको वाफ लिए, सिटामोल खाए तर झन झन रुघा र शरिरमा थकान महसुस बढ्दै गयो । गाह्रो हुदै गएपछि तेस्रो दिन पिसिआर परिक्षणको लागि पाटन अस्पतालमा गएर स्वाव दिए र कुसुन्तीमा नै गएर बसे ।

चौथो दिनमा आएको रिर्पाेट हेर्दै मित्रले तुरुन्तै हौसला दिए “नआत्तिउ केहि हुदैन, हामी छौ, सबै ब्यवस्था हामी गर्छाै, निको भइहाल्छ नि ” । मित्रको यो शब्दा मेरोलागि कोरोनाको बन्न लागेको भ्याक्सिन भन्दा पनि कडा डोजको लाग्यो । यस्तो संकटमा पनि साथिले दिएको सान्त्वन र हौसला अमृत भन्दा पनि मिठो लाग्यो । मित्रताको महसुस मन भित्रैबाट भयो र संसार साथ र सहयोग मै चलेको रहेछ भन्ने महसुस भयो । रिर्पाेट त पोजिटिभ आयो तर अब के गर्ने । केहि आईडिया भएन । अस्पतालमा जाँउ केहि दिन अगाडि अस्पतालहरुमा बेड नपाएको समचार म आफैले लेखेको थियो बेड नपाउने पक्का भएपछि अस्पतालको झण्झट नलिने निर्णय गरे । आफन्त कसैलाई पनि कोभिड लागेको भन्न सकिनँ । तर अघिल्लो दिन देखि सँगै बसेर खाना खाएको साथि, साथिको बहिनी अनि अर्को एकजना साथि सँग तुरुन्त सम्पर्क गरे र उनिहरुलाई जानकारी गरायो । घरमा भने दाईलाई बाहेक कसैलाई पनि खबर गरिन । ब्यापार दाईले सम्हाल्नु पर्ने थियो त्यसैले दाईलाई थाहा हुनु एकदम नै आवश्यकता थियो ।

अफिसमा गएको बहिनी र अर्काे साथिले दैनिकीको लागि चाहिने अत्याआवश्यक हरेक सामान ल्याएको रहेछ । साथिहरुले मिलेर मलाई हिम्मत दिदै कोरोना केहि हैन तर केहि सर्तकता भएर बस्नुपर्छ भन्दै हौसला दिए । माक्स, पञ्जा, फेस सिल्ड ल्याएर मलाई लगाउन दिए । उनिहरुले पनि लगाए । त्यहि कोठामा आइसोलेसन बस्ने बातबरण र संरचना बनायो । म बसिरहेको कोठा मात्रै हैन पुरै घर नै सेनिटाईजरको प्रयोग गरेर विषेश सरसफई गरे । अनि मेरो लागि कहा सम्मा जाने भनेर सिमा छुटयायो ।

साथिहरु म भन्दा पल्लो कोठामा बसे । सबैको मनमा डर थियो ता की उनिहरुलाई पनि संक्रमण फैलिसकेको पो छ कि भनेर । भोलिपल्ट पिसिआर परिक्षणको लागि स्वाब दिएर आए र उनिहरुको रिर्पाेट नेगेटिभ आयो । त्यसपछि सबैको ध्यान मेरो स्वास्थ्यामा केन्द्रित भयो । मेरो खानाको हरेका तालिका उनिहरुले बनायो । खानामा पौष्टिक तत्व भएको खाना मात्रै पाक्न थाले । तातो खाना ढोका सम्मा ल्याएर मेरो छुटै भाडामा राखिदिन्थे । मैले पलाष्टिकको भाडाहरु प्रयोग गरे । एकपटक प्रयोग गरिसकेपछि फालिदिन्थे । पटक पटक मेरो स्वस्थ्याको बारेमा सोधिरहन्थे र भन्थे यस्तो बेला केहि असजिलो भए तुरुन्तै अस्पतलमा जानुपर्छ भनेर । दिनमा ४ पटक वाफ लिने गरे । बिहान उठ्ने बित्तिकै हल्क खालको व्यायम गरेर खाजा खान्थे । खाजमा सधै केहि न केहि फरक फरक खालको विषेश खाने कुरा हुन्थ्यो । त्यसपछि खाना निश्चित समयमा अनि दिउसो खाजा र बेलुका खाना । भिटामिन बि र सि को औषधि खाए । तातो पानी प्रत्येक घण्टा जस्तो खाएको हुन्थ्यो । त्यसमै फेरि ज्वानो, बेसार जस्ता जडिबुढिहरुको मिश्रण युक्त तलिय पदार्थ छिनछिनमाद खायो । यो अवधिमा करिब ३ किलो वजन बढ्न पुगेछ । व्यस्तताले पढ्न नपाएको करिब ६ वटा किताब पढेछु । यस्तै खााले सिमित घेराबन्दिमा १३ दिन सम्मा दैनिकी चल्यो र १४ औ दिनमा गरेको पिसिआर परिक्षणमा रिर्पाेट नेगेटि भ आयो । त्यसपछि समवधानि अपनाउदै पुरानै दैनिकीमा फर्किने प्रायसमा छु ।

म बाट भाईरस सर्र्र्ने संभावन कति ??
मेरो रिर्पाेटमा सिटि भ्यालु भनेर २७ र ३२ लेखेको थियो । म आश्चर्य लागे र के हो त सिटि भ्यालु भनेर खोजि निति गरे । सिटि भ्यालुको बारेमा बुझेपछि ढुक्क भयो कि म बाट अरुमा कोरोना भाईरस सर्नसक्ने अवस्था अत्यान्तै कम रहेछ । तर सावधानी नअपनाएको खण्डमा जोखिम धेरै हुने जानकारी डाक्टरले दियो ।

सिटि भ्यालु अथवा साईकल थ्रेसहोल्ड भ्यालु हाम्रो शरिरमा सक्रिया भाइरसको अवस्था देखाउने बिन्दु हो । भाइरसको परिमाण अनुशार यसको निर्धारण हुन्छ । यसको माध्यमबाट संक्रमित व्यत्ति कुन चरणमा छ र उ बाट अन्या व्यक्तिमा भाईरस सर्नसक्ने संभावना कति छ भन्ने देखाउदछ । साथै यसले शरिरमा कोरोना भाईरसको संख्या र यसले निम्त्याउने जटिलताको बारेमा जानकारी दिन्छ । जति धेरै सिटि भ्यालु कम देखाउछ संक्रमित व्यक्ति उति नै खतरा अवस्थमा पुग्छ । सामान्यतय यसको सुरुवाति बिन्दू ३७ पछि कोरोना नेगेटिभ मानिन्छ । सिटि भ्यालु जति कम भयो कोरोनाको भार बढि, संक्रमणको लक्षण गम्भिर र अन्या व्यक्तिमा संक्रमण सार्ने अवस्था अत्याधिक रहन्छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेर बाहदुर पुन को अनुसार सिटि भ्यालु २५ भन्दा बढि भएमा उक्त संक्रमितबाट भाईरस सार्ने सम्भावना अत्याधिक कम हुन्छ । भने २४ भन्द कम सिटि भ्यालु रहेको संक्रमित बाट अरु व्यक्तिमा भाईरस सर्नसक्ने जोखिम धेरै हुनुको साथै संक्रमित व्याक्ति पनि खतरा मा हुन्छन् । डा पुनको अनुसार सय भन्दा बढि अध्यन अनुसन्धान हरुको आधारमा संक्रमण भएको १० दिन र सिटि भ्यालु ३० भन्दा बढि भए संक्रमितबाट कोरोना सर्दैन भन्ने प्रस्ताब गरिएको थियो । अर्थात त्यस्ता ब्याक्ति आईसोलेसनमा बसिरहनू पर्दैन भन्ने हो । तर कतिपय संक्रमित सुरुमा सिटि भ्यालु बढि र संक्रमण बढ्दै जादा सिटि भ्यालु कम हुदै जाने हुदा सबै केसमा एउटै हुन्छ भन्ने हुदैन ।

म सँग क्लोज कन्ट््याक मा परेको हरेक व्यक्ति र पुगेको वस्तिहरुमा बारम्बार संपर्क गरिरहे । तर हिजो १४ दिन सम्मा पनि म सँग कन्ट्याकमा परेको कुनैपनि व्यक्तिलाई कुनै पनि लक्षण नदेखिए पछि म आफुबाट कुनै व्यक्तिमा पनि कोरोना सरेको छैन रहेछ भन्ने कुरामा ढुक्का भयो ।

हेलचेक्रयाई नगरौ
बिद्यार्थी राजनिति गर्ने बेलामा विद्यार्थीको अधिकारको लागि बिद्याथी सगंठनहरुले एकपटक नेपाल बन्दको आव्हान गरेको थियो । सोहि क्रममा मसाल जुलुस निकाल्द म सहित करिब ३६ जनालाई प्रहरीले पक्राउ गरेर ४० घण्टा हिरासत राखेको थियो । बाहिरि दुनिया देखि एकान्तमा बस्नुपथ्र्याे तर हामी सँगै गिरप्तार गरेको करिब १७ जन साथिहरु एउटै कोठामा राखेको थियो । सबैजना सँगसँगै भएर समय कटेको पत्तो हुदैन थियो । भाषण गर्ने, गित गाउने, नाच्ने जस्ता आफ्नो प्रतिभाहरु देखाउन पाउथे तर आइसोलेसनको बसाई बिल्कुल फरक । बाहिरि दुनिया मात्रै हैन आफ्नै परिवार, आफन्त अनि हरेक मानब देखि टाढा बस्नुपर्ने । मन भित्र चिन्ता, पिर अनि डर लिएर । सुन्या दिमाग बनाएर । कोरोना भाईरसको पिडा झन कम्तिको थिएन । शरिर गलेर शिथिल हुने, आखा पोल्ने, नाक बन्द भएर खाएको कुनै कुराको पनि गन्ध थाहा नपाउने सामन्य लक्षण मात्र मलाई भएको थियो जुन कुनैबेला हिरसतमा बसेको भन्दा पनि धेरै पिडादाय थियो । तर कतिपय संक्रमितलाई त अत्याधिक ज्वरो आउने, सुख्ख खोकि लाग्ने, श्वास फेर्न कठिन हुने र ज्यानै समेत जाने हुन पनि सक्छ । त्यसैले यस्तो कठिन अवस्थाबाट बच्ने हो भने सकेसम्मा संक्रमण हुन नदिनु नै पहिलो बिकल्प हो । अहिले कतिपयले कोरोना केहि हैन भनेर हिड्ने समेत देखिन्छन् । यो रोग जसलाई लागेको छ पिडा उसैलाई मात्रै थाहा हुन्छ कत्तिको गाह्रो हुन्छ भनेर । विश्वभर करिब साढे ५ करोड भन्दा बढि व्यक्तिमा संक्रमण फैलिएको यो भईरस बाट करिब १३ लाख भन्दा बढिको ज्यान लिईसकेको छ । त्यसैले हरेक गतिबिधिमा सावधानी अपनाउनु अत्यान्तै जरुरत छ । सके सम्मा भाईरस आफुमा सर्न नपाउन भनेर सजगता अपनाउनुपर्छ । जसको लागि अनावश्यक रुपमा बाहिर ननिश्कने । निस्कनै परे माक्स पञ्जा जस्ता सुरक्षित संयन्त्रको प्रयोग गरेर सामाजिक दुरी कायम गरेर हिड्ने, भिडभाडबाट टाढै बस्ने र बेलाबेलामा साबुन पानीले हात धुने र स्यानिटाईजरको प्रयोग गरौ ।

संक्रमितलाई राम्रो व्यवहार गरौँ
कोरोना लागेपछि मानिसहरुको व्यवहार फरक पाएको देखिन्छन् । कतिपयले संक्रमित भएको टोलमा नै नहिड्ने, सकं्रमितको आफन्तलाई समेत दुर्ववहार गर्ने पनि देखेको छु तर मैले पाएको साथ र सहयोग सायदै यो संसारमा कोभिड संक्रमितहरुले पाएको साथ र सहयोग भन्द सर्वाेउत्कृष्ठ थियो । सायद आफ्नै आफन्तबाट समेत यस्तो महामारिmे संक्रमण भएको बेलामा यसरी खटेर साथ दिदैन थियो होलान् । तर उहाँहरुले जोखिम मोलेरै भए पनि मलाई कहिल्यै मनमा र उपचारमा कुनै कुराको कमि महसुस हुन दिएनन् । उहाहरुले लगाएको यो गुण मैले कसै गरे पनि बिर्सन सकिदैन । सुरक्षित मापदण्ड सहितको साथ सहयोग र हेरचाह पायो भने कोरोनाबाट सजिलै जित हासिल गर्न सकिने रहेछ ।

कोरोना एक प्रजातिको भाईरस हो । तर कडा खालको । यो भाईरसबाट कसैले पनि आफुले चाहेर संक्रमित भएको हैन । मेरो हरेक क्रियाकलप सावधानी मै हुन्थे, चैत देखि सार्वजनिक सवारीमा यात्रा गरेको छैन, भिडभाडबाट सधै बचेर नै हिडे, हिड्नै परे सामाजिक दुरि कायम गर्दे, माक्स अनिवार्य लगाउथे र घरमा फर्किदा साबुन पानीले हात धुने र स्यानिटाईजर समेत लगाउने गर्थे तर मैले यति धेरै सावधानी अपनाउदा अपनाउदै पनि कहाबाट संक्रमण सरेको हो पत्ता लगाउन सकेन । मेरो सर्कलको हरेक साथि र आफन्तहरुमा कसैमा पनि संक्रमण छैन । र अहिले सम्मा मैले मेरो डाईरेक्ट कन्ट्याकमा कोहि पनि संक्रमिण समेत भएको पाएको छैन । तर कसरी सर्यो त मलाई कोरोना ? अहिलेको नेपालको अवस्था हेर्ने हो भने जो सुकैलाई जुनसुकै ठाँउबाट संक्रमण हुन सक्ने अवस्था छ । सरकारले उपचार मात्रै हैन कोरोनाको जोखिम बारे वास्त गर्न छाडिसकेको छ । यस्तो अवस्थामा हामी आफैले सजगता नअपनाउने हो भने यसबाट ठुलो क्षति हुने पक्का छ । सके सम्मा भाईरस आफुमा सर्न नपाउन भनेर सजगता अपनाउनुपर्छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.