ट्रकको ठक्करबाट देउखुरीमा तीनको मृत्यु

कात्तिक २६, दाङ । दाङमा ट्रकले ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका वडा नं ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मंगलबार राति ८ बजेतिर उक्त दुर्घटना भएको हो । मृतक तीनै जनाको पहिचान खुल्न सकेको छैन । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.