सुमित र कुसुम फिचर्ड ‘हवाई अड्डा’ सार्वजनिक ( भिडियो )

कात्तिक २१, काठमाडौं । गायक डार्विन लुंगेली र गायिका सानु तामाङको युगल स्वरमा रहेको गीत ‘हवाई अड्डा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

गायक लुंगेलीले २०१६ मा युरोप घुम्न जादा एयरपोर्टमा मान्छेहरु भेट्ने छुट्ने क्रममा देखेको दृश्यबाट प्रेरित भएर यो गीत लेखेका हुन्। गीतमा रोमन बज्राचार्यको संगीत रहेको छ। मर्मस्पर्शी यस गीतको म्युजिक भिडियोमा सुमित तामाङ , कुसुम गुरुङ र सुरज तमुको अभिनय देख्न सकिन्छ। भिडियोमा विजय ताम्राकारको छायांकन र सम्पादन रहेको छ। सुरज तमुको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो। ओएसआर डिजिटलको अफिसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।

विदेशमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका गायक लुंगेलीले यस गीतको म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिनहुन सम्पुर्ण दर्शक , स्रोतालाई आग्रह गरेका छन्। साथै आगामी दिनहरुमा अझै स्तरिय सिर्जनाहरु सार्वजनिक गर्दै जाने गायक लुङ्गेलीले बताएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.