कात्तिक २०, काभ्रे । काभ्रेमा आज ६५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज १७ जना निको भएका छन् ।
बुधबार ९ जना थपिएका थिए भने ११३ जना निको भएका थिए । मंगलबार ५४ जना थपिएका र ३८ जना निको भएका थिए । यस्तै सोमबार ९० जना थपिएका थिए भने ७७ जना निको भएका थिए ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ९०३ पुगेको छ । संक्रमित मध्ये १ हजार ३९४ जना निको भएका छन् । जिल्लामा ३६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १३ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २३ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । नयाँ थपिएका मध्ये बनेपाबाट २२, धुलिखेलबाट ३०, मण्डनदेउपुरका ३, पनौतीका ४, तेमालबाट १, भुम्लुबाट १, नमोबुद्धबाट १ र पाँचखालका ३ जना छन् ।


