एक्सनएडद्वारा नौ हजार थान पीपीई हस्तान्तरण

कात्तिक १९, काठमाडौँ । एक्सन एड नेपालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई नौ हजार ४५७ थान थान व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) हस्तान्तरण गरेको छ ।

कोरोना सङ्क्रमितको पहिचान र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुका लागि प्रयोग गर्न ती सामाग्री प्रदान गरिएको हो । मन्त्रालयमा आयोजना गरिएको एक कार्यक्रम बीच स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले करीब एक करोड ६२ रुपियाँ बराबरको सामाग्री हस्तान्तरण गर्नुभएको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव लक्ष्मण अर्यालले कोरोना संक्रमणको दर बढिरहेको बेलामा प्रदान गरिएको सामाग्रीले कोरोना संक्रमित पहिचान तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । प्राप्त सामाग्रीहरुलाई मन्त्रालयले आवश्यकता रहेका ठाउँमा पठाउनेछ, सचिव अर्यालले भन्नुभयो ।

यसैगरी कार्यक्रममा बोल्दै समाज कल्याण परिषद्का उपाध्यक्ष डा. पदम प्रसाद खतिवडाले गैरसरकारी संस्थाहरुलाई कोभिड लक्षित कार्यक्रमहरु बनाउनको लागि अनुरोध गरिएको स्मरण गर्दै एक्सनएडले सोही अनुसार सामाग्री हस्तान्तरण गरेकोमा खुसी व्यक्त गर्नुभयो । एक्सनएड नेपालले विश्वभर फैलिएको कोभिड–१९ महामारी तथा यसको असरबाट गरिब तथा सीमान्तकृत समुदायलाई बचाउनका लागि सचेतना अभिवृद्धिका साथै रोकथाम, राहत वितरण तथा सुरक्षा सामाग्री वितरण लगायत अन्य सामाजिक तथा आर्थिक विकाशका कार्यहरु गर्दै आइरहेको छ ।

एक्सनएड नेपालको कार्यकारी निर्देशक सुजिता माथेमाले व्यक्तिगत सुरक्षा सामाग्रीले स्वास्थ्यकर्मीहरुलाई सुरक्षित रुपमा सेवा दिनका लागि सहयोग पुग्ने धारणा राख्नुभयो । ‘सुरक्षा सामाग्रीको अभावमा स्वास्थ्य सेवा प्रभावित नहोस् भन्ने भनेर हामीले स्वास्थ्यकर्मीहरुलाई यो सहयोग गरेका हौं’, कार्यकारी निर्देशक माथेमाले भन्नुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.