काभ्रेमा आज ९० कोरोना संक्रमित थपिए, ७७ जना निको भए

कात्तिक १७, काभ्रे । काभ्रेमा आज ९० जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज ७७ जना निको भएका छन् । आइतबार १३ जना थपिएका थिए भने ३७ जना निको भएका थिए । शनिबार ६४ जना थपिएका थिए । शुक्रबार पनि ४४ जनामा कोरोना संक्रमण देखिएको थियो भने ५ जना निको भएका थिए ।

अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या १ हजार ७७३ पुगेको छ । संक्रमित मध्ये १ हजार २२६ जना निको भएका छन् । जिल्लामा ३३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १२ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् । नयाँ थपिएका मध्ये बनेपाबाट ३४, धुलिखेलका ३७, पनौतीका ८, नमोबुद्धका २, मण्डनदेउपुरका ५ र पाँचखालका ४ जना छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.