आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा अर्थमन्त्रालयले सहयोग गर्छ

कात्तिक १७, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक क्षेत्रमा कलम चलाउने पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सहयोग गर्ने बताएका छन् । सोमबार आर्थिक पत्रकार संघ (नाफिज) र अग्रज आर्थिक पत्रकारहरुको भेटमा अर्थमन्त्रीले आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा सहयोग गर्ने बताएका हुन् ।

उनले भने, “सरकारले गरेका राम्रा कामको सूचना नागरिकसम्म पुर्‍याउन र नराम्रो कामको आलोचनात्मक खबरदारी गरी सरकारलाई बाटो देखाउने काममा आर्थिक पत्रकाको सहयोगको अपेक्षा छ ।” अर्थिक पत्रकारको हकहीत र क्षमता अभिवृद्धिमा सरकाको तर्फबाट गनुपर्ने सहयोग रहने उनले बताए । उक्त कार्यक्रममा नाफिजको कार्यसमिति तथा आर्थिक पत्रकार लोकबहादुर चापागाईं, मोदनाथ ढकाल र जनार्दन बरालले अर्थमन्त्रालयले यो विषम परिस्थितिमा खेल्नु पर्ने र अवलम्बन गर्न पर्ने नीतिका बारेमा सुझाव दिएका थिए ।

नाफिजले सञ्चार क्षेत्र र अर्थतन्त्रका विषयमा अर्थमन्त्रालयले गर्न पर्ने १९ बुँदे सुझाव पत्र समेत पेश गरेको छ । उक्त सुझाव ग्रहण गर्दै अर्थमन्त्री पौडेलले सकारात्मक सुझाव कार्यान्वयका लागि आर्थिक पत्रकारहरुसँग बारम्बार छलफल र अन्तरक्रिया गर्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.