गोकर्णेश्वर नगरपालिकाले रेडियो सञ्चालन गर्ने

कात्तिक १७, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ।

नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको सूचना तथा सञ्चार नीतिमा स्थानीय सरकारका कामलाई जनतासमक्ष सहजरुपमा पुर्‍याउनका लागि रेडियो स्टेशन स्थापना गर्ने उल्लेख छ। त्यस्तै सूचनामैत्री नगरपालिका निर्माणका लागि धार्मिक, सांस्कृतिक तथा अन्य गतिविधिको प्रचार गर्ने नीति लिएकाले नगरका सबै वडामा निःशुल्क वाइफाइ सेवा विस्तार गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए।

स्थानीय पत्रपत्रिका तथा सञ्चारमाध्यमको क्षमता वृद्धिका लागि विकास पत्रकारिता तालीम सञ्चालन गर्ने योजना बनाएको नगरपालिकाले एकीकृत नगर सूचना केन्द्र निर्माण गर्ने योजना पनि अगाडि सारेको छ।रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.