कात्तिक १६, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा एट्लेटिकोले ओसासुनालाई ३–१ गोलले पराजित गरेको हो ।
ओसासुनाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन जाओ फेलिक्सले दुई गोल गरे । त्यस्तै लुककास टोरेराले एक गोल गरे । उता ओसासुनाका लागि एन्टा बुडिमिरले एक गोल गरे । खेलको ४३औं मिनेटमा फेलिक्सले पेनाल्टीमार्फत गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए । ६९औं मिनेटमा फेलिक्सले व्यक्तिगत दोस्रो गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारे ।
८०औं मिनेटमा घरेलु टोली ओसासुनाका लागि बुडिमिरले गोल गर्दै टिमलाई केही राहात दिलाए । ८८औं मिनेटमा एट्लेटिकोका लागि टोरेराले गोल गर्दै ३–० गोलको जित दिलाए । जितसँगै एट्लेटिकोले ६ खेलबाट १४ अंक जोडेको छ । एट्लेटिको अंक तालिकाको तेस्रो स्थानमा छ । पराजित ओसासुना ७ खेलबाट १० अंकसहित तालिकाको नवौं स्थानमा छ ।

