बाल विवाहविरुद्ध लुम्बिनी प्रदेशमा प्रहरीको अभियान

कात्तिक १४, बुटवल । तराईका जिल्लाहरुमा बालविवाहको चर्को समस्या रहेको लुम्बिनी प्रदेशमा प्रहरीले यसविरुद्ध सकृय अभियान शुरु गरेको छ ।

बालविवाहले चौतर्फी हानी गरिरहेको ठहर गर्दै लुम्बिनी प्रदेश प्रहरीले ‘बालविवाह कानुन विपरित कार्य हो यसलाई रोकौं’, भन्ने नारासहित अभियान शुरु गरेको हो । यस्तो समस्या तराईका जिल्लामा बढि भएपनि प्रहरीले ती जिल्लासंगै प्रदेशका १२ जिल्लामै अभियान शुरु गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुरका प्रवक्ता एवं वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार बैदवारका अनुसार हरेक जिल्लाका प्रहरी कार्यालयहरूले एकसाथ लक्षित वर्गसम्म पुगि बालविवाहलाई निरुत्साहन तथा नियन्त्रण गर्न सचेतनामूलक अभियान सञ्चालन गरेका छन् । औपचारिक रुपमा शुक्रबारबाट शुरु भएको यस्तो अभियान १५ दिनसम्म सञ्चालन हुनेछ ।

प्रवक्ता बैदवारका अनुसार १५ दिनको अवधीमा १२ जिल्लाका जिल्ला प्रहरी, इलाका प्रहरी र प्रहरी चौकीहरुबाट गरी एक हजार २ सय ३१ वटा कार्यक्रम आयोजना हुनेछन् । जसमा स्थानीय तह, सामाजिक संघ संस्थाहरू, उद्योग बाणिज्य संघ, स्थानिय क्लब र संचारमाध्ययमसंग सहकार्य हुनेछ । लुम्बिनी प्रदेशको रुपन्देही, कपिलवस्तु, बांके, दाड।, बर्दिया लगायतका जिल्लामा धेरै बालविवाह हुने गरेको छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.