प्रथम जेकेए अनलाईन काता प्रतियोगिता सम्पन्न

कात्तिक ५, काठमाडौँ । जुनियर कराते एकेडेमी (जेकेए) को आयोजनामा १९ बर्ष मुनि उमेर समुहको खुल्ला ई–काता प्रतियोगिता सम्पन्न भएको छ। सेप्टेम्बर २८ देखि अक्टोबर १० सम्म भएको प्रतियोगितामा अफिसियल बिधाको ४ वटै करातेका खेलाडीहरुको सहभागिता रहेको थियो।

प्रतियोगितामा सहभागि खेलाडीहरूले रेकर्ड गरेर पठाएको भिडियोहरुलाई रेफ्रीहरू प्रकाश कुमार चंद, महेश महर्जन, पुरूषोतम पोखरेल, हरी श्रेष्ठ, बिमला तामाङले जज गरेर दिएको अकंको आधारमा विजेता घोषित गरिएको हो। पुरुषतर्फ नरहरीपुर डोजोका स्वर्णिम मानन्धरले २४.६ अकं सहित प्रथम,रंगशाला केन्द्रीय डोजो धरानका खगेन्द्र चाम्लिङ राईले २४.४ अकं सहित दोस्रो, लैनचौर डोजोका रेहन जावेद २४.०० अकं सहित तेस्रो स्थान हासिल गर्न सफल भए,पुरुष तर्फको उदयमान खेलाडी नरहरीपुर डोजोका खेलाडी सत्कार घर्तिमगरले भए।

त्यसैगरी महिला तर्फ नरहरीपुर डोजोकै सन्जु देशारले २३.६ अकं सहित प्रथम, प्रयागपोखरी डोजोकी मीरा खातीले २३.२ अंक सहित दोस्रो, वादोकाई कराते एकेडेमीकी बर्षा बुढामगरले २२.२ अंक सहित तेस्रो भईन भने महिला तर्फको उदयमान खेलाडीको उपाधि भने बादोकाई कराते मानसिंह डोजोकी खेलाडी एलिना राईले जीतेकी छन । यस प्रतियोगितामा पुरुष ५५ जना र महिला ५० जना गरि कुल १०५ खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा पदक बिजेता खेलाडीहरुले क्रमश रु ५०००। – ,रु ३०००।– , रु २०००।– र उदयीमान खेलाडीको लागि रु १०००।– नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजक जुनियर कराते एकेडेमी धनेश्वरका प्रमुख प्रशिक्षक परशुराम बास्तोलाले बताउनु भयो।

कोरोना भाइरस महामारी बिच यस प्रतियोगितालाई सफलता पूर्वक सम्पन्न गर्नको लागि सहयोग गरिदिनुहुने सम्पुर्ण सहयोगी हातहरूलाई धन्यबाद दिदै जुनियर कराते एकेडेमीले (जेकेए) दशै तिहारपछि सिनियर स्तरको अर्को अनलाईन काता प्रतियोगिता पनि आयोजना गर्ने बताएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.