नागरिकलाई प्रहरीले गर्ने व्यवहार न्यायिक र निष्पक्ष हुनुपर्छ : आईजीपी

कात्तिक ५, काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले प्रहरीको व्यवहार दुरुस्त भएमा मात्रै प्रहरी र प्रहरीको छविमा आमूल परिवर्तन आउने बताएका छन् । उनले यसका लागि आम नागरिकलाई गर्ने व्यवहार दुरुस्त, न्यायिक र निष्पक्ष हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा आयोजित (सोही प्रतिष्ठानमा सञ्‍चालित १–१८०औं समूह (पोस्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स ११औं समूहको दीक्षान्त) समारोहमा आईजीपी क्षेत्रीले यस्तो बताएका हुन् । उनले दीक्षित भई कार्यक्षेत्रमा खटिन जाने प्रहरी कर्मचारी नाम वा व्यक्तिमात्र नभई संस्था एवम् सार्वजनिक व्यक्तित्व भएको उल्लेख गर्दै संस्थागत व्यवहारप्रति सदैव संवेदनशील रहन आग्रह गरे ।

उनले असल, जनताले रुचाइएको, निष्पक्ष, प्रविधिमैत्री एवम् जन उत्तरदायी प्रहरीको रुपमा आफूलाई प्रस्तुत गर्नसमेत दीक्षित हुने प्रशिक्षार्थीहरुलाई निर्देशन दिए । ०७६ वैशाख २३ गतेबाट सुरु भएको त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा सञ्‍चालित पोस्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स समावेश भएको उक्त तालिममा आठ महिलासहित १०८ जना प्रहरी निरीक्षकहरुको सहभागिता थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.