काभ्रेमा कूल संक्रमितको संख्या १ हजार २०५ पुग्यो

असोज ३०, काभ्रे । काभ्रे जिल्लामा शुक्रबार एकैदिन ३७ जना कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका ३७ जनासँगै जिल्लामा कूल संक्रमितको संख्या १ हजार २०५ पुगेको छ ।

यस हप्ताको शुरु आइतबार ४३ जना र सोमबार ३७ जना थपिएका थिए । मंगलबार ५८ जना थपिए थिए भने बुधबार ४० जना नयाँ संक्रमित थपिएका थिए । विहिबार ३१ जना थपिए । आज ३७ जना थपिएका छन् । जसमध्ये ६५३ जना निको भएका छन् । जिल्लामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ५ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र १२ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका ८ जना, बनेपाका १७, पाँचखालका १ जना र पनौतीका २ जना रहेका छन् । यस्तै मण्डनदेउपुरका ६, नमोबुद्धका २ र चौरीदेउरालीका १ जना रहेका छन् ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.