बलात्कारको आरोपमा दुई जना सशस्त्रका जवान पक्राउ

साउन १३, काठमाडौं । बलात्कारको आरोपमा प्रहरीले दुई जना सशस्त्र प्रहरीका जवानलाई पक्राउ गरेको छ।

शुक्रबार महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले सशस्त्रका जवान राम शरण पोखरेल र चन्द्रबहादु प्रसाईंलाई पक्राउ गरेको हो। पीडित युवती र जवान पोखरेलबीच एक वर्ष अगाडि प्रेम सम्बन्ध रहेको थियो। पछि आएर युवतीले आफूलाई बलात्कार गरेको अभियोग लगाउँदै प्रहरीमा उजुरी गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।उनीहरू उपत्यका सुरक्षा कार्यालय सतुङगलमा कार्यरत थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.