‘परदेशिएको एउटा छोरा बाकसमा झर्छ, न्याय माग्दा माग्दै अर्को छोरा सडकमै मर्छ’

गरिबीको पिढा कम गर्न म काठमाडौ पसे थाहा छैन मलाई कति बेला कोलाहल र आत्मियता हराएको थुप्रोमा पुरिए।

यकिन गरेर भन्न सक्दिन म त्यस कोलाहलबाट निसासिन पुगे। शुखभन्दा अलिपर कतै छु । त्यो न्याय हराएको ठाउ जहाँ पिँढा त छ तर मन छैन , धन छ तर न्याय छैन । कतै पढेको थिएँ सन्सारमा सबैभन्दा सजिलो काम अरुलाई मूल्यांकन गर्नु हो। सबैभन्दा गारो काम सहि मूल्यांकन गर्नु हो।

कल्पना गर्नुस्, सानो बाकसमा बषौ सम्म कोचियर बस्नु पर्दा कस्तो सकस हुन्छ । न त राज्य कमजोर ठान्छु न त मानिस, म आफ्नै भाग्य लाई दोष दिन्छु ।यति सुन्दर देशको आकृति दियौ, सुन्दरता दियौ, सिगारिदिने असल मानिस पक्कै दिएनौ। आमाको दूध पिएर ,एउटै गर्भबाट जन्मिएकी बहिनी सानि होस् या ठुलि कुचिस्टा सोच्ने सोँच दियौं ।भोक भोकै जनता सडकमा लड्दा उठाउने र एक गाँस खुवाउने आँट दिएनौ। मुख बन्द गरिदिएको छ, सास बन्द गरिदिएको छ। न्याय माग्दा न्यायपालिका कमजोर या म न्याय माग्ने कमजोर बिच सडकमा लाठीचार्ज सहेर लड्नु अनि मर्नु पर्ने ।

आँखा अगि धुम्म अशान्ति देख्दा, कलिला शरीर नाङ्गिएर लड्दा मस्तिष्कमा पुग्ने दृश्य कति भयावह र काहाली लाग्दो  हुन्छ महोदय कल्पना गर्नुस । यी अबस्थाहरु कल्पना गरेर मात्रै बुझ्न सकिन्न खुकुरि होइन अचानो बनेर बुझ्नुस । छोटो मानविय जुनि सकेसम्म खुशि र शुख का साथ विताउ भन्ने ईच्छा सबैलाई हुन्छ । राम्रो जागिर खाने सन्सार डुल्ने एउटा राम्रो जीवन बिताउने दुर्भाग्यवश प्राकृतिक  बनावटले हो या , कृतिम बनाव का कारण सुबिधा छैन । माग्दा सहिदको गन्ती गन्न थालिन्छ । परदेशिएको एउटा छोरा बाकसमा झर्छ, न्याय माग्दा माग्दै एउटा छोरा सडकमै मर्छ । योवनका फुल फक्राउनु नपाउदै बहिनी टिपिन्छिन, धुजा धुजा बनेर बन जंगलमा छरिन्छिन ।

नोकरीबाट विभिन्न बाहनामा हटाईन्छ, न्याय माग्ने न्यायलय उनकै हुन्छ । भोक ले भात माग्दा प्रहरीको लात खाईन्छ न्याँय माग्दा न्यायलय उनकै हुन्छ ।एयरपोर्टबाट हराएको सुन उनकै हुन्छ । गरिबीको पिढा कम गर्न काठमाडौं पसेको म । देश त यस्तौ भयो आमा अब विदेशिन्छु।

– रचनाः दिपेन न्यौपाने

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.