असोज २१, काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धि रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।
कोरोनाका कारण सर्वोच्च अदालतमा आज सुनुवाई तोकिएको उपाध्यक्ष गौतमको राष्ट्रियसभा सदस्य पदसम्बन्धित रिटमाथिको सुनुवाई स्थगित भएको हो । आज सर्वोच्च अदालतमा न्यायाधीश प्रकाशमानसिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त र न्यायाधीश हरि फुयाँलको एकल गरी दुईवटा इजलास मात्र तोकिएको छ । अदालतका न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण देखिएपछि विगत तीन दिनदेखि सर्वोच्च अदालतको सेवा प्रभावित भएका छन् ।
यसअघि असोज १४ गते सुनुवाइ भएको उपाध्यक्ष गौतमसम्बन्धि रिट हेर्दाहेर्दैमा राखेर असोज १६ गते सुनुवाई गरिएको थियो । उक्त दिनपनि सुनुवाई नसकिएपछि आजको लागि सरेको थियो ।

