असोज २१, काठमाडौँ । बसपार्क क्षेत्र, बसस्टफ तथा यातायातका साधनहरु धेरै चल्ने स्थानमा सादा पोशाकका ट्राफिक प्रहरी परिचालन भएका छन् । चाडपर्वमा धेरै भाडा लिने, ओभर स्टिपमा सवारी साधन चलाउने, मापसे गर्नेहरुलाई निरुत्साहित गर्न महानगरीय ट्राफिक महाशाखाले सादा पोशाकमा प्रहरी परिचालन गरेको हो ।
ट्राफिक प्रहरीले चाडपर्व लक्षित चेकजाँचलाई अभियानको रुपमा सुरु गरेको छ । काठमाडौं उपत्यका भित्रिने नाकाहरुमा कडाइसँगै ट्राफिक प्रहरीले धेरै भाडा लिने गरेको गुनासो आउन थालेपछि अनुगमन सुरु गरेको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार चाडपर्वको मौका छोपेर काठमाडौं बाहिर जाने यात्रुहरुसँग धेरै भाडा लिने तथा धेरै मूल्यको टिकट काट्ने पाँचजनालाई पक्राउ गरेको छ ।
प्रहरी आफै यात्रु बनेर गएको ठगिएपछि कारवाही गरिएको महाशाखाका एससपी भीमप्रसाद ढकालले जानकारी दिनुभयो
। कोटेश्वरमा टिकट काट्ने बिमल खत्री र किरण पौडेल, बल्खुका जीतेन्द्र शाह, मदन भुजेल र धर्मेन्द्र यादवले तोकिएको भन्दा धेरै रकम लिएर टिकट काटेको पाइएपछि उनीहरुलाई कारवाही गरिएको एसएसपी ढकालले बताउनुभयो । भिडभाड हुने क्षेत्र बसपार्क तथा सवारी साधनहरुको अत्यधिक चाप हुने क्षेत्रमा सर्वसाधारण ठगिनेक्रम बढेकाले सादा पोशाकमा प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । काठमाडौ उपत्यकामा ४६ स्थानमा ट्राफिकले नियमित चेकजाँच गर्ने गरेकोमा त्यसलाई बढाएर ६६ स्थानमा पु¥याइने उहाँले बताउनुभयो ।
चाडपर्वमा दुर्घटना कम गराउन प्रहरीले सबै उपाय अपनाउने उहाँले स्पष्ट पार्नुभयो । चेक प्वाइन्ट थपिएसँगै सवारी साधनहरुको गति कम हुने,ओभर लोड रोकिने उहाँले बताउनुभयो । थप जनशक्ति परिचालन गरेर नाकाहरुमा कडाई गर्ने तोकिएको मापदण्ड पुरा नगर्ने सवारी साधनहरु कारवाहीमा पर्ने उहाँले बताउनुभयो । कोभिडको कारण रोकिएको मापसेको चेकजाँच भने शंका लागेको व्यक्तिको मेडिकल गरेर कारवाही गर्ने उहाँले बताउनुभयो । मापसे गरेको शंका लागेको व्यक्तिलाई मेडिकल गरेर सोही अनुसार कारवाही गर्छौ उहाँले भन्नुभयो । उहाँले तोकिएको भाडादरभन्दा धेरै भाडा लिनेलाई कानु्न अनुसार कारवाही गरिने बताउनुभयो । उहाँले भन्नुभयो कानुन अनुसार कारवाही गर्छौ । धेरै भाडा लिएमा पाँच हजार रुपियाँ जरिवानाको व्यवस्था छ ।

