मूलुको बेथिति हटाउने अभियानमा शेरबहादुर तामाङलाई हामी साथ दिन्छौं – गणेश भण्डारी

थुप्रै वेथिती भएको यो मुलुकमा थिती बसाउन प्रयास गरिरहेका र आसाको केन्द्र बनेका कानुन मन्त्री शेर बहादुर तामाङ्गलाइ बोल्ने तथा शव्द छनौटमा कमजोरी भएको आधारमा यस्तो परिस्थिती सृजना भयो । यसले थुप्रै गलत गर्ने र गराउने हरुको अन्त्य गराउने हो कि ? पुरस्कृत हुने स्थिति सृजना हुने हो ? इमान्दार र योग्यहरुलाइ यो समाज ले पछाडी पारिरहने हो ? थुप्रै प्रश्न चिन्ह छन ।

गणेश भण्डारी

 

त्यति हुदा हुँदै पनि नैतिकताको आधारमा आफुले राजिनामा गरेर उच्च स्तरको राजनीतिक सस्कार देखाउनु भएकोमा उच्च सम्मान गर्दै तपाइले सुरु गर्नुभएको भ्रस्टाचार मुक्त समाज निर्माणका लागि भ्रष्टाचार बिरोधी कानुन निर्माणको महा अभियानमा सारिक हुन तमाम युवा हरु तमतयार भएर बसेका छन , कामरेड तपाईं जस्तो सालिन ब्याक्तित्व माथी केही तत्वहरुले आफू फस्ने हो कि भन्ने डरले तपाइँको विरुद्ध जाल बिछ्याइएको भन्ने पनि सुनिएको छ यदि त्यस्तो हो भने तिनिहरुलाइ एउटा भेलले जसरी बगाएर ल्याएको फोहोरलाई पाखा लगाउछ त्यसै गरि पाखा लगाउनेको निमित तमाम युवाहरु तपाइको पक्षमा उभिने छन् ।

कामरेड तपाईं निस्चिन्त भएर आफुले सुरु गर्नुभएको महाअभियानमा अगाडी बड्नुस तपाइको पछि लाखौं लाख युवा र देश का ३ करोड जनताको साथ रहने छ । फेरि पनि भन्छु कि कामरेड शेरबहादुर तामाङ ज्युले लिएर आउनु भएका योजना र कानुनबाट डराएकाहरु नै उहाँको राजिनामा माग्न लागि परेका हुन ,यहाँ हिजोको दिनमा करोडौं भ्रष्टाचार गरेर पेट भरेकाहरु आत्तिएका हुन अरु केही हैन, त्यसैले सम्पुर्ण सचेत युवाहरुले सोच्नु पर्यो कि अब हामी भ्रष्टाचार बिरोधि कानुनको पक्षमा उभिने होकि हैन भनेर ? अन्तमा कामरेड शेरबहादुर तामाङ ज्युलाई अनुरोध तपाइले गर्नु भएका सम्पुर्ण काम राम्रा र सकारात्मक छन् त्यसैले अब तपाइले अझै शसक्त रुपमा उत्रीदिनु भयो भने यि भ्रष्टाचारि को सातो जान्थो कि ?

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.