बौद्ध स्तूपा अस्पतालमा मृतक एक महिलामा कोरोना पोजिटिभ 

असोज २०, काठमाडौँ । दुईदिन आगाडी श्वासप्रश्वासमा समस्या भएको भन्दै उपचारका लागि स्तूपा सामुदायिक अस्पताल बौद्धमा ल्याएकी एक महिलाको आज मृत्यु भएको छ । स्थायी घर काभ्रे र हाल काठमाडौँ महानगरपालिका वडा ६ बौद्धमा बस्दै आएकी  ६५ वर्षिय एक महिलाको पिसिआर रिर्पोटमा कोरोना पोजिटिभ देखेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

उपचारका लागि भर्ना भएको दिनमै पिसिआर टेस्टको लागि टेकु अस्पताल पठाए पनि रिर्पोट भने विरामीको मृत्यु भईसकेपछि आएको मृतकका आफन्तहरुले बताएका छन् । मृतकको शव व्यवस्थापन गर्न नेपाली सेनाको एम्बुलेन्स बोलाएको जानकारी अस्पताल प्रशासन दिएपनि रातको ९ बजेसम्म बस्दा समेत एम्बुलेन्स नआएको आफन्तहरुले बताएको छ । कोरोना पोजिटिभ रिर्पोट आएपनि सतर्कताको लागि अस्पतालले कुनै विधि नअपनाएको र मृतक आफन्तहरु अस्पताल बाहिर विहानैदेखि बसिरहेका छन् ।

मृतकका आफन्तलाई त्यहाँको डाक्टरले बताएअनुसार पहिलो एक्स–रे गर्दा एक पट्टिको फोक्सो सुकेर सिधिएको र अर्को भागमा पनि इन्फेक्सन भईसकेको छ । श्वासप्रश्वासमा समस्या आएर भर्ना भएका बिरामीको अवस्था जटिल हुदैँ गएपछि थप उपचारको लागि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था आएपनि उपलब्ध नहुँदा बिरामीको मृत्यु भएको आफन्ताले बताएको छ ।

मृतक महिलामा कोरोना पोजिटिभ देखिए पनि आफन्तहरुलाई सतर्कताको लागि केही जानकारी नदिएको र आफन्तलाई नै मृतक शबलाई कपडाले छोप्न लगाएको बताएको छ । शब व्यवस्थापनमा कुनै स्वास्थ्य मापदण्ड पूरा नगरी मृतकका आफन्त र अन्य विरामीहरुको समेत उपचारमा सहभागी गराउँदै आएको छ । रातको ९ बजिसक्दा पनि सेनाको एम्बुलेन्स नआएको र त्यहाँबाट शब निकाल्न पाएको छैन उनीहरु बताउँछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.