न्युरोडबाट मोबाइल चोरी गर्ने गिरोहका ५ जना पक्राउ

असोज १८, काठमाडौं । प्रहरीले मोबाइल चोरी गर्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवा न्यूरोडको टोलीले काठमाडौँ महानगरपालिका–२२ पाको सडकमा रहेको ताम्राकार कम्प्लेक्समा सात लाख ५० हजार मूल्य बराबरको मोबाइल चोरी गर्ने पाँच जनालाई शुक्रबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे पनौतीका ३२ वर्षीय प्रकाश तामाङ, २१ वर्षीय जनक तामाङ, काभ्रे तेमालका २९ वर्षीय सोमा रानी तामाङ, दोलखा गौरीशङ्करका ४० वर्षीय छिरिङ शेर्पा र नुवाकोट पञ्चकन्याका २२ वर्षीय अमृत राई रहेका छन् । प्रहरीले उनीहरुलाई सिसिटिभी फुटेजको आधारमा पक्राउ गरेको हो ।

वृत्तका प्रमुख, प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाहले मिलेमतोमा सामान चोरी गरेर सस्तो मूल्यमा बिक्रीबितरण गर्ने गिरोहलाई पक्राउ गरिएको जानकारी दिए। “जनक तामाङ र प्रकाश तामाङले सामान चोरी गरेर सस्तोमा सोमा रानी तामाङ, छिरिङ शेर्पा र अमृत राईलाई बिक्री गरेको अनुसन्धानमा खुलेको छ”, उनले भने । पक्राउ परेका पाँचैजनालाई जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान भइरहेको वृत्तका प्रमुख शाहले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.