नव विहानी कृषि सहकारीको साधारणसभा सम्पन्नः अध्यक्षमा छिरिङ पाख्रिन

असोज १७, काठमाडौँ । नव विहानी कृषि सहकारी संस्था लि. को चौथो वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार काठमाडौँको माकलबारीमा भएको साधारणसभाबाट समितिको अध्यक्षमा छिरिङ दोर्जे लामा पाख्रिन निर्वाचित भएका हुन् । त्यस्तै उपाध्यक्षमा रामराजा गौतम, सचिबमा अधिवक्ता राजेश कुमार विष्ट, सहसचिवमा रेनु कार्की र कोषाध्यक्षमा विकास तामाङ निर्वाचित भएका छन् । सदस्यहरुमा क्रमशः तिलक कुमार श्रेष्ठ, उद्धव आचार्य, चुनाब कुमार बल, सुमित्रा भट्ट, सोनु ढुंगेल, लालुमाया लामा, प्रताप प्राख्रिन, विष्णुप्रसाद चौलागाई चयन भएका छन् ।  त्यस्तै लेखा समितिमा शिवहरी मैनालीको संयोजकत्वमा ललित सिम्खडा र मथुरा ढकाल सदस्यमा चयन भएका छन् ।

 

नवनिर्वाचित अध्यक्ष पाख्रिनले आफूले पाएको जिम्मेवारीलाई महत्वपूर्ण ठानेको बताउँदै आफ्नो कार्यकाललाई खेर हुन नदिने प्रतिवद्धतता व्यक्त गरे । राज्यको मूल उद्देश्यमा पर्ने विषयहरुमध्ये महत्वपूर्ण रहेको कृषि क्षेत्र भएको र त्यसको अंगिकार गर्न यस सहकारी र कार्यसमितिले विश्वासको जिम्मेवारी पूरा गर्ने विश्वास गरे ।

उक्त साधारण सभामा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेले सहकारीको मूल मर्मअनुरुप काम गर्न सुझाव दिएका छन् । सहकारीलाई उत्पादनसंग जोडिएर गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको मेयर चालिसेले गोकर्णेश्वर नगरपालिकाले यो आर्थिक वर्षमा कृषक विशेष बजेट रु. २ करोड ८० लाख रकम छुट्याएको बताए ।

नगरपालिकाले व्यवस्थित र पारदर्शी बनाउन पाँच जनाको समिति समेत बनाएर कृषकहरुहरुलाई अनुदान उपलब्ध गराउने बताए । अनुदान रकमलाई दूरुपयोग नगरी आत्मनिर्भर बन्न र कृषि क्षेत्रलाई आधुनिकिकरण गरी कमाएर खाने वातावरण तयार गर्न आग्रह गरे । त्यस्तै नगरबाट अनुदान लिएर सहि ठाउँमा सदुपयोग नगरेमा जरिवना समेत असुलउपर गरिने बताए । उनले नव विहानी कृषि सहकारीलाई आगामी दिनको सफलताको शुभकामना दिदै कृषकहरुको हितका लागि प्रभावकारी योजना सहित नगरपालिकासंग सहकार्य गर्न सकिने बताए ।

त्यस्तै कार्यक्रममा चिनारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष न्हुच्छे नारायण श्रेष्ठले मार्यदित श्रमका लागि सहकारी संस्थाको विकास गर्नुपर्ने बताए । सहकारी संस्था सहकार्य गर्ने खालको हुनुपर्ने बताउँदै कृषकले उत्पादन गरेको वस्तुहरु पनि एक अर्कामा खरिद गरी सहयोग पु¥याउनु पर्ने बताए । कार्यक्रममा बाल्दै भेनस पब्लिक स्कूलका अध्यक्ष पेमाछिरिङ शेर्पाले समृद्ध बन्न आफ्नो खुट्टामा उभिन सक्ने र आत्मनिर्भर हुनुपर्ने बताए । ‘जहाँ कृषि क्षेत्र र सहकारी एकअर्कामा परिपूरक छन् त्यसतर्फ सहकारी सञ्चालकहरुले ध्यान दिन जरुरी छ उनले भने ।’

त्यस्तै जया मल्टिपल क्याम्पसका प्रमुख भवानी पौडेलले सहकारी संस्था सामुहिक विश्वासको भावना जगाउने खालको हुनुपर्ने बताए । उनले भने– ‘कतिपय सहकारीहरुले गल्ती गरेर आम नागरिकलाई वितृष्ण पैदा गराएको छ, त्यस प्रकारको चुनौतीलाई चिर्नु आवश्यक छ । ’

नयाँपाटी बचत तथा ऋण सहकारी लि.का उपाध्यक्ष गौतम खनालले सहकारीहरुले निश्चित मापदण्ड बनाई अन्य व्यवसायभन्दा कृषि क्षेत्रमा छुट्टै प्याकेज बनाई सहुलियत कर्जाको व्यवस्थामा ध्यान दिनुपर्ने बताए । गोकर्णेश्वर नगरपालिका मेयरका प्रमुख सल्लाहकार दीपक रिसाल, पत्रकार  अनन्त अर्याल लगायतले मन्तव्य राखेका थिए । निवर्तमान अध्यक्ष विनय सिम्खडाले नयाँ कार्य समितिलाई बधाई दिदै आगामी दिनमा कृषि सहकारीलाई राष्ट्रव्यापी बनाउन सक्रियाका साथ अगाडी बढ्न आग्रह गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.