कुवेतका राष्ट्राध्यक्ष अमिर शेख सवाह अल–अहमद अलसवाहको निधन

असोज १४, काठमाडौँ । कुवेतका अमिर शेख सबाह अल(अहमद अल(सबाहको निधन भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उनी ९१ वर्षका थिए।

उनका ८३ वर्षीय सौतेनी भाइ युवराज शेख नवाफ अल(अहमदलाई मन्त्रिपरिषद्ले उनका उत्तराधिकारीका रूपमा घोषणा गरेको छ। गत जुलाईमा शेख सबाह उपचारका लागि अमेरिका गएका थिए। उनको अवस्थाबारे त्यसबेला कुवेतमा स्पष्ट जानकारी दिइएको थिएन। उनले कुवेतमा सन् २००६ देखि शासन गरेका थिए र करिब ५० वर्षदेखि कुवेतको परराष्ट्र मामिला हेरेका थिए।

डीन अफ अरब डिप्लोमसी
उनले इराकी सेनाले कुवेत कब्जा गरेको सन् १९९०–१९९१ को अरब युद्धपश्चात् इराकलाई त्यसबेला साथ दिने अन्य मुलुकसँग सम्बन्ध पुनर्स्थापित गरेका थिए। त्यसैले उनलाई ‘डीन अफ अरब डिप्लोमसी’ भन्ने गरिएको थियो। प्रायः अरब क्षेत्रमा देखिने क्षेत्रीय तनाव कम गर्न उनी मध्यस्थताका लागि क्रियाशील हुने गर्थे।

‘शान्तिका दूत’
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले उनलाई, ‘ज्ञान तथा उदारताका असाधारण प्रतिक एवं शान्तिका दूत’ भनेका छन्। शेख सबाहको निधन कुवेतको राष्ट्रिय टेलिभिजनबाट मङ्गलवार दिउँसो घोषणा गरिएको थियो। कुवेतको दरबार मामिला हेर्ने मन्त्री शेख अलि जाराह अल(सबाहले त्यो घोषणा गरेका हुन्।

तर उनले अमिरको निधनको कारण बताएनन्।
शेख सबाह सन् १९२९ मा जन्मिएका थिए। उनी आधुनिक कुवेतका संस्थापक मुबारक अल(सबाहका पनाति हुन्।

मन्त्री, प्रधानमन्त्री अनि अमिर

मुबारकले ब्रिटेनसँग सन् १९९९ मा ब्रिटेनको संरक्षित राज्य (प्रोटेक्टोरेट) बन्न स्वीकार्दै ‘ट्रीटी अफ फ्रेन्ड्शिप’ मा हस्ताक्षर गरेका थिए। कुवेत ब्रिटेनबाट स्वतन्त्र भएको दुई वर्षपछि उनी सन् १९६३ मा कुवेतको विदेशमन्त्री बनेका थिए। सन् १९९१ मा सातमहिने इराकी कब्जाबाट कुवेत मुक्त हुन्जेल उनी उक्त पदमा बसे। उनलाई सन् १९९२ मा फेरि विदेशमन्त्री बनायो र उनले सन् २००३ सम्म उक्त भूमिका निर्वाह गरे। त्यसपछि उनी प्रधानमन्त्री नियुक्त भए।

सन् २००६ मा अमिर शेख जाबेर अल– अहमदको निधनपश्चात् अमिर शेख साद अलअब्दुल्लाले गद्दी आरोहण गरे। तर संसद्ले स्वास्थ्यका कारण देखाउँदै उनलाई पदमुक्त गरिदियो। त्यसपछि उनी अमिर बनेका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.