दसैंमा बोका बली नचढाउन सर्वपक्षीय निर्णय

असोज १४, जनकपुर । कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई ध्यानमा राखी यस वर्ष दसैंमा बोका बली नचढाउन र भिडभाड हुने अन्य कुनै गतिविधि नगर्न जिल्ला प्रशासन कार्यालयले नागरिकमा अनुरोध गरेको छ ।

जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधि, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुख, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान तथा दसैं मेला लगाउने युवा क्लवका प्रतिनिधिहरुको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

यस वर्षको वडा दसैंमा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका शक्तिपिठहरुमा बोकाबली नचढाउन र मेला लगायत मानिसको भीड लाग्ने कुनै पनि गतिविधि नगर्न बैठकले निर्णय गरेको धनुषाका सहायक प्रमुख जिल्ला अधिकारीले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.