असोज १३, काठमाडौं । काठमाडौं महानगर क्षेत्रभित्र घर भाडामा लिइ बसोबास गर्ने व्यक्ति तथा परिवारलाई पीसीआर परीक्षण बाध्य नपार्न आग्रह भएको छ । उनीहरुलाई पीसीआर परीक्षण अनिवार्य नबनाउन घरधनीहरुलाई काठमाडौं महानगरले अपिल गरेको हो। कसैलाई पनि पीसीआर रिपोर्टका लागि बाध्य नबनाउन महानगरको जनस्वास्थ्य महाशाखाले आज एक अपिल मार्फत अनुरोध गरेको हो।
डेरामा बस्ने व्यक्ति तथा परिवारलाई घरधनीले र औद्योगिक प्रतिष्ठानमा काम गर्ने श्रमिकलाई उद्योग तथा कलकारखानाले पीसीआर परीक्षण गर्न बाध्य पारिएको गुनासा आएको भन्दै थियो । लक्षण नदेखिइ परीक्षण नगर्नु भन्ने महानगरको आशय छ । ‘लक्षण देखिएका बिरामीको परीक्षण गर्न स्वास्थ्य मन्त्रालयले तोकेका जुनसुकै स्वास्थ्य संस्थामा गए पनि हुन्छु,विज्ञप्तीमा भनिएको छ । विज्ञप्तीमा भनिएको छ, महामारी बिरुद्ध एकजुट भइ लड्न पनि सबैमा आग्रह समेत गरिएको छ।

