बलात्कार गरी हत्या गरेको अभियोगमा पक्राउ

असोज ११, बझाङ । १२ वर्षीया बालिकालाई बलात्कार गरी हत्या गरेको अभियोगमा मष्टा गाउँपालिका(२ खिकाला बस्ने २० वर्षीय राजेन्द्र बोहरालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

गत बुधबार बेलुका बोहराले गोरू पुर्‍याउन भनी आफ्नो घरबाट छाना (गोठ)मा गएकी ती बालिकालाई मष्टा गाउँपालिका(२ स्थित शिवमाण्डौ मन्दिरभित्र बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न बोहरालाई आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । साथै राजेन्द्रले १३ वर्षीया बालिकालाई घट्टामा पिठो लिन गएको अवस्थामा गत साउन २९ गते साँझ बलात्कार गरेको सम्बन्धमा समेत अनुसन्धान भइरहेको छ । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत बझाङबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.