अफ्ताब आलम मुद्दामा सर्वोच्चले कैफियत फाइल माग्यो

असोज ४, काठमाडौं। ईँटा भट्टामा हालेर मान्छे मारेको अभियोगमा थुनामा रहेका तत्कालीन सांसद मोहम्मद अफ्ताब आलमको मुद्दामा सर्वोच्च अदालतले कैफियत फाइल मगाउने आदेश गरेको छ। जिल्ला र उच्च अदालाको आदेशमा थुनामा रहेका आलमबारे जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्च इजलासले गरेको फैसलाको फाइल मगाउने आदेश भएको हो।

सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाशले आइतबार कफियत फाइल मगाउने आदेश दिएको सर्वोच्च स्रोतले जनाएको छ। आलमले गएको भदौ ३१ गते सर्वोच्च अदालतमा निवेदन दिएका थिए। आलम विष्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उधोग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा जेल सजाय काटिरहेका छन। २०६४ सालको चैतमा भएको संविधानसभा निर्वाचनका क्रममा आलमले आफूले चुनाव जित्न रौतहटमा बम विस्फोट गराएको र जीवित रहेकालाई ईँटा भट्टामा हालेर मारेको आरोप छ। सो काण्डमा उनी २०७६ असोजमा पक्राउ परेका थिए। काँग्रेस नेता आलम रौतहट–२ बाट प्रत्यक्ष निर्वाचित सांसदसमेत हुन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.