रसुवामा पहिरोमा परी ९ जनाको मृत्यु , १२ जना अझै बेपत्ता

साउन १०, रसुवा । रसुवाको गोसाइकुण्ड गाउँपालिका–२, टिमुरेमा बुधबार राति गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ । हालसम्म १२ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यलय रसुवाले जनाएको छ ।

मृत्यु हुनेहरुमा नुवाकोटको वेलकोटगट शर्मीला कामी, नुवाकोटकै रमेश तामाङ सिन्धुपाल्चोक भोटेकोशी–४ का शुस खड्का, भोटेकोशी–५ का बिक्रम श्रेष्ठ, श्याम श्रेष्ठ र मंगल तामाङ तथा गोसाईकुण्ड–१, थुमनका मिंग्मर गोम्बो तामाङ रहेका रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी बताए । प्रजिअ पौडेलका अनुसार पहिरोमा परी हालसम्म देवबहादुर मगर, वोङ्सी तामाङ, डोल्मा तामाङ, सोनाम शेर्पा, लाक्पा बिन्दु तामाङ, तेन्जिङ डोल्मा, पासाङ डोल्मा तामाङ, नरमान तामाङ, सोनाम लामा, प्रेम घले, विमल घर्तीमगर, दावा तामाङ बेपत्ता भएका छन ।

घटनामा परी १२ जना घाइते भएकामध्ये ५ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको पौडेलले बताए । काठमाडौं पठाइएका गम्भीर घाइतेहरुमा गोसाईकुण्ड–२, टिमुरेका ५८ वर्षीय देवबहादुर तामाङ र उनकी श्रीमती पोकी तामाङ तथा कन्टेनर चालकहरु सिन्धुपाल्चोक, भोटेकोसी–३ का सोनाम लामा, भोटेकोसी–४ का सोनाम शेर्पा र दावा लामा रहेका पौडेलले बताए । अन्य घाइतेहरु भने स्थानीय स्वास्थ्य चौकीमा सामान्य उपचारपछि घर फर्किएको रसुवाका प्रहरी नायव उपरिक्षक सन्तोष लामाले बताए । पहिरोमा ४ वटा घर, ५ वटा कन्टेनर तथा नेपाल प्रहरीको अस्थायी चेकपोष्ट समेत पुरिएको छ । पहिरोपछि नेपाल र चीनको एकमात्र अन्तर्रा्ष्ट्रिय सीमानाका रसुवागढीमा आवातजावत बन्द भएको छ । पहिरो स्थल रसुवागढीदेखि २ किलोमिटरकोे दुरीमा छ । पहिरोका कारण थप एक दर्जन घरहरु जोखिममा रहेको स्थानीय तामाङले बताए । रसुवागढी जलबिद्युत आयोजनाबाट २ वाट स्काभेटर, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयहरुको सहयोगमा खोजी कार्य जारी राखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.