विश्वको सर्वाधिक लोकलप्रिय आइपिएल क्रिकेट आजदेखि सुरु

असोज ३, काठमाडौँ । विश्वको सर्वाधिक लोकप्रिय र धनराशी पुरस्कार भएको टि–२० फ्रेन्चाइज प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) को १३ औं सिजन २०२० आजदेखि यूएईमा सुरु हुँदैछ ।

१३ औं सिजनको आइपिएल कोरोना महामारीको कारण भारतमा आयोजना गर्न सक्ने अवस्था नभएपछि यूएईमा हुन लागेको हो । मुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्सबीच हुने खेलबाट यस सिजनको आईपीएल उद्घाटन हुन लागेको हो । सर्वाधिक चारपटकको विजेता मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन् भने तीनपटको विजेता चेन्‍नईको कप्तानी महेन्द्रसिंह धोनीले गर्दैछन् । उद्घाटन खेल अबुधाबीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे सुरु हुनेछ ।

आइपिएलका १२ वटा सिजनहरुमा मुम्बईले ४ पटक तथा चेन्‍नईले तीनपटक उपाधि जित्दा कोलकाता नाइट राइडर्सले दुई पटक तथा डेक्कान चार्जर्स राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले एक(एकपटक उपाधि जितेका छन् । किङ्स इलाभेन पञ्‍जाव, दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेङ्गलोरले भने उपाधि जित्‍न सकेका छैनन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.