कुलमानको कुशल व्यवस्थापन देखेर आत्तिएका राज्य शासन प्रणाली

“विद्युत प्राधिकरणमा मात्रै होईनन्, नपाल आयल निगम, नेपाल टेलिकम, नेपाल खाद्य सस्थान, कृषि सामग्री संस्थान् र सिंगो मुलुक चलाउने हरेक निकायमा कुलमान घिसिङ जस्ता व्यक्ति र उनले चलाएको कुशल व्यवस्थापकको पद्धाती अपनाउनु आवश्यकता छ ।”

ज्ञानकाजी तामाङ,
गाँउ घर तिर एउटा उखान प्रख्यात छ “खुकुरी भन्दा कर्दा लागेको राम्रो हैन” । यो भनाई अहिले ठ्याक्कै नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणबाट हालै कार्यकारी निर्देशकको कार्यकाल सकाएको कुलमान घिसिङसँग मेल खाना पुगेको छ । जतिसुकै उत्कृष्ट जिम्मेवारी बहन गरेर सफल भए पनि प्रधानमन्त्रीको रुचिमा घिसिङ पर्न सकेनन् । आम नागारिकको तनमनमा बसेर वहावही कमाएका कुलमान राजनितिक दल र नेता पुज्नुपर्ने पद्धातिमा अटाउन मात्र सकेनन् प्रधानमन्त्री केपि शर्मा वालीले  प्रचारमुखि’ व्यतिm समेत भन्न पुगे । सार्वजनिक पदम निश्चित समय वदबाहली भए पछि आवकाश हुनु लोकतान्त्रिक नियम नै हो ।

महिनै पिच्छे नेपाल सरकारको संवैधानिक निकायको कार्यकारी प्रमुखको पदबाट कयौँ प्रमुखहरु अवधी सकेर आवकाश लिएर जान्छन, कयौ नव नियुक्ती भएर आउछन् । को जान्छन् र को आउछन् आम नागरिकले कहिल्यै चासो लिएनन् किन भने जो आए पनि सरकारी निकायको हालत झन् –झन् नाजुक अवस्थामा पु¥याएर जान्छन् । तर कुलमान घिसिङको सवालमा भने अपवाद निस्किए । जसलाई प्रधिकरणकै कर्मचारी र आम नागरिकले पुन त्यहि पदमा देखिन चाहे । यो विषयमा बिगत केहि सातादेखि नेपाली राजनिति, सञ्चार माध्यम, सामाजीक संञ्जालमा बहस मात्रै चलेन सडक सर्घष सम्माको गतिविधि हुन पुगे । आखिर किन त ? मुलुकको सरकारी निकाय र सर्वजनिक संस्थानहरु अस्तव्यस्त अवस्थामा चलिरहेकै थियो, ति सस्थानहरुबाट जनताले सेवा पाउने त कता हो कता राज्याको अनुदानबाट सस्थानले कर्मचारी पाल्नुपर्ने अवस्था थियो, बेलाबेलामा सरकारले सञ्चित घाटाको ऋण तिरिदिनु पर्थे र अधिकांश निकायहरुमा अहिले पनि त्यहि अवस्था छन ।

विद्युत प्राधिकरणको अवस्था त झन् नाजुक मात्रै हैन अन्तिम अवस्थामा नै थियो, प्रधिकरणको सञ्चित घाटा करिब ३६ अर्ब रुपैया मात्रै थिएन पैसा तिरेर पनि आम नेपालीले दैनिक १८ घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था थियो । चार वर्ष अगाडि कुलमान घिसिङको पदसिन सँगै आम नेपालीले लोडसेडिङबाट मुक्त मात्रै पाएन प्रधिकरणको सञ्चित ऋण तिरेर करिब ५ अर्ब रुपैमा मुनाफा कमाए, नेपाल विद्युत प्राधिकरण भित्रको अनियमितत, भ्रष्टचार, कमिसनखोर, चुहवाट नियन्त्रण र सस्थान भित्रको राजनितीकरण अन्त्या गरेर एउटा सिस्टममा चल्न खोजे, जुन सिस्टम सफलता र प्रगतिको बाटोका लागे ।, नेपाली राजनितिककर्मी र शासकको हरेक गतिविधिबाट आजित नेपालीको मनमा उज्यालो र आशाको बिउ रोपिदिए, ता की हरेक व्याक्तिले चाहेको खण्डमा परिवर्तन गर्न सकिन्छ भनेर । तर यति राम्रो काम गर्दा गदै र प्राधिकरणमा पुन काम गर्ने मनाशाय राख्द राख्दै पनि घिसिङलाई सरकारले भने पदमुक्त गरेको छ ।

किन पर्न सकेनन् कुलमान घिसिङ पुनः नियुक्तिमा ? 
पुरातनवादी सोच र व्यवहारबाट सञ्चालन नेपाली राजनिति र शाशन पद्धातिमा कुलमानको योजना र कार्यशैलि सह्या भएनन् । कारण हो नेपालको अस्तव्यस्त राजनितिक प्रणाली । नेपाली राजनीति मुलतः ३ पुस्ताको समायोजनबाट चलेको छ । पहिलो पुस्ता २०१८ देखि २०४६ सम्माको, दोस्रो २०४६ देखि २०६३ सम्माको र तेस्रो पुस्ता सो भन्दा पछाडी आएको । यि सबै पुस्ताको नेपाली राजनितिमा आ–आफ्नै योगदान छ । पहिलो पुस्ताले निर्दलिय पञ्चायत बिरुद्ध लडेर प्रजातन्त्र ल्याए दोस्रो पुस्ताले राजतन्त्र बिरुद्ध लगेर गणतन्त्र ल्यायो भने पहिलो र दोस्रो पुस्ताको तुलानामा तेस्रो पुस्ताले राज्यको दमन ,निरकुशता र बर्ववरता सामाना गर्नू परेन । वा भनौ योगदान पनि कम नै गरे । पहिलो र दोस्रो पुस्ताले जिवनको अधिकाशं समय राजनितिमा बिताए, जेलमा बिताए, सत्तामा कसरी पुग्ने भन्ने कुरामा बिताए, आफ्नो गुट निर्माण गरेर शक्ति हातमा कसरी लिने भन्ने बारेमा बिताए ।

चाकाडीमा आधारित राजनिति सिके । यहा प्रतिभा र नयाँ सोँचको कदर हुन सकेनन् । किनकी यो पुस्ताको नेताहरु आफु भन्दा पहिलेको नेताको चाकारी गरेर वा भनौ गुटमा लागेर नेता बनेको हुन्थ्यो । र उनिहरुले कहिल्यै प्रतिभाको कदर गरेनन्, हरेक सार्वजनिक सस्थानमा आफ्नो गुट, आफन्त र कार्यकर्ता लाई मात्रै नियुक्ति गरिन्छ अनि त्यही पदबाट मथिल्लो निकाय सम्म कमिसनको खेल सुरु हुन्छ । त्यसैले नया पुस्ताले जतिसुकै प्रतिभाशाली आधुनिक सोच व्यावहार र पद्धाति ल्याए पनि पुरानो पुस्ताले पत्याउन सकेनन्, र उनिहरुले ठाँउ पाउन सकेन्, फलता उनिहरु पनि त्यही चाकारी पद्धातिको अनुसरण गर्न गर्छन् । उनिहरुको समर्थन गर्ने, सिद्धान्त मान्ने र पार्टीमा कमिसन बुझउने व्यक्ति मात्रै उनिहरुको लिष्टमा राखे ।

घिसिङको केसमा पनि भएको यहि हो । उनि न त राजनितिक पृष्ठभुमिको हुन् नत कुनै राजनितिक नेताको आफ्न्त नै हुन । बरु उनले कमिशन लिने, नाताबाद, कृपावाद, भ्रष्टचार र अनियमितताको अन्त्या गरे फलत शासक हरुले न त कमिशन पाए न त उनिहरुको नाम नै रह्यो । कुनै कुराको जस पनि आफुले नपाउने भएपछि जति सुकै राम्रो काम गरे पनि शासकको नजरमा पर्न सकेनन् । उनले नेतालाई हैन काम र ईमान्दारितालाई मान्ने पद्धातिको सुरुवात गर्न खोजे । कमिशनको चलखेल, चाकडीवाज र नातावादले चल्ने शासकहरु उनको पद्धाती देखेर शासकहरु डराउन थाले र जतिसुकै राम्रो काम गरेपनि उनलाई स्विकार्न तयार भएनन् ।

किन पाए त कुलमान ले आम नागरिकको साथ ?
राजनितिक दल वा नेता को अश्वासन र गफले आजित आम नेपाली जनताले सरकार र सरकारी सस्थान माथिको विश्वास गर्न छाडेको थियो , अझै पनि छ । यस्तो अवस्थामा आम जनताको चाहना अनुरुपको सेवा नेपाल विद्युत प्रधिकरणले घिसिङको पालामा दिए, कुशल व्यवस्थापन गरेर आम नागरिकको मन जिते, अनि हरेक नेपालीको मनमा बसे, विश्वासमा बसे । घिसिङले प्राधिकरण सम्हाल्नु अघि प्राधिकरणको सञ्चित घाटा करिब ३६ अर्ब रुपैया थियो । पैसा तिरेर पनि आम नेपालीले दैनिक १८ घण्टा लोडसेडिङ भोग्नुपर्ने अवस्था थियो । चार वर्ष अगाडि कुलमान घिसिङको पदसिन सँगै आम नेपालीले लोडसेडिङबाट मुक्त मात्रै पाएन प्राधिकरणको सञ्चित ऋण तिरेर करिब ५ अर्ब रुपैमा मुनाफा कमाए, नेपाल विद्युत प्राधिकरण भित्रको अनियमितत, भ्रष्टचार, कमिसनखोर, चुहवाट नियन्त्रण र सस्थान भित्रको राजनितीकरण अन्त्या गरेर एउटा सिस्टममा चल्न खोजे, जुन सिस्टम सफलता र प्रगतिको बाटोका लागे ।, नेपाली राजनितिककर्मी र शासकको हरेक गतिविधिबाट आजित नेपालीको मनमा उज्यालो र आशाको बिउ रोपिदिए, ता की हरेक व्याक्ति ले चाहेको खण्डमा परिवर्तन गर्न सकिन्छ भनेर । यहि कारणले आम जनता र नागरिकले घिसिङको पुन नियक्ति चाहेको हो ।

के कुलमान घिसिङ मात्रै अबको विकल्प हो ?
कुलमानको बार्हिगमनले आम जनतामा डर पलाएको छ, । एउटा कुसल नेतृत्व विनाको प्राधिकरण कतै हिजोको जस्तो अन्धकारमय त हुने छैन । हुन त घिसिङ भन्दा कुसल र उत्कृष्ठ व्यवस्थापन गर्न सक्ने अरु नेपाली छैनन् भन्ने त हैन तर नयाँ आउने व्यक्ति कस्तो आउलान् भन्ने सवाल आम नेपालीको मनमा शंका रहेको । कतै अब आउने प्रमुख पनि बिगतको जस्तो कमिसनको लोभमा परेर १८ घण्टा सम्मा लोडसेडिङमा गरेर प्राधिकरणलाई अस्तव्यस्त बनाउने त हैन । यहि कारणले आम नेपाली नागरिकले घिसिङको विद्युत प्राधिकरणमा पुनः नियक्तिको माग गरेका छन् । एकचोटि गरिसकेको काम एउटै व्याक्तिले गर्याे भने निरन्तरता पाउने भन्ने विश्वास गर्छन् । पक्कै पनि प्राधिकरणमा कुलमान घिसिङको मात्रै आवश्यकता पर्छ, घिसिङ बिना चल्दैन भन्ने त हैन तर उनले बसालेको पद्धाती निरन्तर रुपमा चल्नु आवश्यक छ । घिसिङले बनाएको योजनाहरुलाई मुर्तरुप दिनु आवश्यक छ । सरकारले कुलमान घिसिङ जस्तो व्याक्तिहरु जन्माउनु आवश्यक छ । विद्युत प्राधिकरणमा मात्रै हैन, नपाल आयल निगम, नेपाल टेलिकम, नेपाल खाद्य सस्थान, कृषि सामाग्री सस्थान् र सिगो मुलुक चलाउने हरेक निकायमा कुलमान घिसिङ जस्ता व्यक्ति र उनले चलाएको पद्धाती अपनाउनु आवश्यकता छ । अनि मात्रै नेपालले परिर्वन गर्ने छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.