राजेश पायल राईको ‘ओठमा लाली’ सार्वजनिक ( भिडियो )

असोज १, काठमाडौँ । लोकप्रिय गायक राजेश पायल राई र नव गायिका भीमा राईको सुमधुर स्वरमा रहेको पुर्वेली भाकामा आधारित गीत ‘ओठमा लाली’को म्युजिक भिडियो सार्वजनिक भएको छ।

प्रेमिल शैलीको यस गीतमा उमेश राज खड्काको शब्द संगीत रहेको छ भने बिक्रम कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा दिपेश राई , भीमा राई र बिष्णु मगरको अभिनय देख्न सकिन्छ। मणि राईले कोरियोग्राफी गरेको भिडियोलाई नितेश लामा ( नियोन ) ले छायांकन तथा सम्पादन गरेका हुन्। देवान के राई र मन्जु राईको लगानी रहेको यस भिडियोलाई चक्र पुलामीको निर्देशनमा तयार पारिएको हो।

सानै देखि गीत संगीतमा रुचि राख्ने गायिका भीमा राईको पहिलो प्रयास स्वरूप सार्वजनिक गरिएको भिडियोलाई माया गरिदिन गायिका राईले सम्पूर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेकी छिन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.