अफिमसहित ६० वर्षीय वृद्ध पक्राउ

भदौ ३१, बारा । बारामा दुई केजी लागुऔषध अफिमसहित सोमबार एक वृद्धलाई सशस्त्र प्रहरीले पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पचरौता नगरपालिका–६ पकडिया बस्ने ६० वर्षीय सहजमान मिया अन्सारी रहेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर १२ गण हेडक्वार्टर बारा उत्तरझिट्कैयाले गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक रोविनराज कर्णजितले जानकारी दिए । विशेष सुराकीका अधारमा अन्सारी भारतीय सिमानासँग टाँसिएको वडा नम्बर ४ इनर्वास्थित पिलर नम्बर ३६६र६ स्थित दशगाजा क्षेत्रबाट पक्राउ गरिएको उपरीक्षक कर्णजितले बताए ।

अन्सारीमाथि शङ्का लागेपछि चेकजाँच गर्ने क्रममा खानतलासी गर्दा निजसँग रहेको लागुऔषध अफिमको एक–एक केजीको दुईवटा पोका बरामद गरिएको उपरीक्षक कर्णजितको भनाइ छ ।

पक्राउ परेका अन्सारीलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको गणपति कर्णजितले जानकारी दिए । अफिमसहित पक्राउ परेका अन्सारीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।  रासस

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.