भदौ २४, काठमाडौं । यस वर्षको संविधान दिवसका अवसरमा असोज २, ३ र ४ गते दीप प्रज्जवलन गरिने भएको छ । सबै सरकारी निकायले संविधान दिवसलाई राष्ट्रिय दिवसका रुपमा मनाएर सोसम्बन्धी ुस्लोगनु वेबसाइटमा प्रकाशित गर्नेछन् ।
संविधान दिवस मनाउन गठित प्रचार प्रसार उपसमितिले ३ दिनसम्म राष्ट्रिय महोत्सव मनाउने निर्णय गरेको हो । सो अवसरमा सञ्चारमाध्यममार्फत् राष्ट्रिय एकता झल्काउने सन्देश प्रवाह हुने र सोही अनुसारका लेख, रचना, भिडियो, अडियो तथा गीत प्रकाशन, प्रकाशन गरिने जनाइएको छ । यस्तै दुरसञ्चार सेवा प्रदायले एसएमएस पठाउनेदेखि विभिन्न छुटको व्यवस्था गर्नेछन् । सरकारले संविधान दिवसका दिन सबैको घरघरमा राष्ट्रिय झण्डा फहराउनुपर्नेछ ।

