चितवनमा प्रहरी र ट्याम्पो व्यवसायीबीच झडप, १० राउण्ड हवाई फायर

साउन ९, चितवन । चितवनको भरतपुरमा प्रहरीले गोली चलाएको छ । आन्दोलनरत अटोरिक्सा व्यवसायीसँग झडप हुँदा प्रहरीले गोली चलाएको हो । गोली लागेर अटोरिक्सा चालक नवलपुर गैँडाकोटका महेन्द्र सुनार घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको छ।

जिल्ला प्रशासन कार्यालय नजिक रहेको केन्द्रीय बस टर्मिनलमा भएको प्रर्दशनका क्रममा दुवै पक्षबीच झडप भएको हो। प्रहरीले प्रदर्शनकारीहरुलाई लाठी चार्ज गर्दै कैयौं सेल अश्रु ग्यास र १० राउण्ड गोली प्रहार गरेको छ ।

भरतपुर महानगरपालिकाले साउन ५ गते देखि भरतपुर महानगरपालिकाको मुख्य राजमार्गमा तिन पांग्रे सवारीलाई सञ्चालनमा रोक लगाएपछि अटोरिक्सा व्यवसायी आन्दोलनमा उत्रिएका हुन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.