‘धानै कुट्ने ढिकी’ गीतको म्युजिक भिडियो सार्वजनिक

भदौ १९, काठमाडौँ । चर्चित नायक पल शाह र नायिका एलिजा गौतम अभिनित ‘धानै कुट्ने ढिकी’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । आज (शुक्रबार) उक्त गीतको भिडियो ‘पवन वली’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

सर्वाधिक रुचाईएकी र चर्चित गायिका विष्णु माझी र पवन वलीको स्वर रहेको उक्त गीतको रचनाकार पनि गायक वली नै हुन् । शिब बि.क.को कोरियोग्राफी र निर्देशन रहेको भिडियोमा अत्यन्तै मौलिक बनेको छ । अर्जुन तिवारी र टिमको छायाँकन रहेको गीतमा एरेन्ज तथा मिक्सिङ आशिष अविरलको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.