सरकार निषेधाज्ञा नमान्नु रहर हैन बाध्यता हो – मजदुर तथा व्यवसायी
“निषेधाज्ञा हामी जस्तो स्टर्टअप युवाहरुका लागि त ऋणको भारि बोकाउने रोग हो ”
ज्ञानकाजी तामाङ
भदौ १८, काठमाडौँ । उपत्यकाका ३ जिल्ला प्रशसन कार्यलायले बुधबार बेलुका बिज्ञाप्ती निकालियो । त्यसमा भनिएको थियो अत्याआवश्यक काम र सेवा बाहेकको सम्पूर्ण गतिविधी भदौ २४ राति १२ बजे सम्माको लागि निषेध गरिएको छ । तर बिहानको समयमा जोरपाटि, कपन, बौद्ध क्षेत्रमा भने उक्त निर्देशनको पालाना गरेको कहि कतै देखिदैन ।
निजी सवारी साधानहरु निर्वाध रुपमा गुडिरहेको देखिन्छन् । मानिसहरुको चहलपहल बाग्लै देखिन्छन् । रिर्पाेटिङको क्रममा आज बौद्ध, जोरपाटि र कपनको केहि बजारमा पुग्दा अचम्मको दृष्याहरु देखिन थालेँ । प्रत्येक सटरको अगाडि केहि मानिसहरु कोहि टुसुक्क बसेका, कोहि उभिएर बसेका देखिएँ । के भएको रहेछ भनेर एकैछिन अवलोकन गरेको उनिहरु त ति सटरमा व्याबसाय गर्ने व्यापारीहरु पो रहेछ । बेलाबेलामा घुमिरहने प्रहरीको भ्यान र मोटरसाईकल गस्ति छल्न सटर तानेर बाटो हिड्ने बटुवा जसरी बस्ने र प्रहरि जान साथ आधा सटर खोलेर ग्राहकको पर्खाईमा तम्तयार भएर बसेको रहेछ ।
सरकारले गत भाद्र ३ गतेदेखि पुनः उपत्यका सहित मुलुकको अधिकांश भागमा निषेधाज्ञा जारि गरेको छ । सुरुमा एक हप्ताको लागि भनिए पनि २ पटक थप गरेर भाद्र २४ सम्माको लागि निषेधाज्ञा जारि गरेको छ । अझै कति पटक थप्ने हो केहि अत्तोपत्तो छैन । तर उपत्यकामा बसोबास गर्ने ब्यापारी, मजदुर, कर्मचारी तथा हरेक बर्ग भने महामारीको डर भन्दा भोक र बर्बादीको डरले घरभित्र नै थुनेर बस्न सक्ने अवस्था छैन ।

रोगभन्दा भोक ठुलो भएको अवस्था छ । तर सरकार भने जनताको समस्या बुझ्नुको साटो निषेधाज्ञा लम्ब्याउने कार्यमा नै व्यस्त छ । निषेधाज्ञा कोरोनाको उपचार बिधि त हैन तर यो बिधिले संक्रमण फैलिन रोक्ने काम चाहि अवश्य गर्छन् । बुधबार मात्रै उपत्यका नगरपालिका फोरमले एक साताको लागि उपत्यकामा निषेधाज्ञा समेत लगाउनुपर्छ भन्ने सुझाव दिए । तर आम नागरिकका लागि सरकारले नत केहि राहतको कार्यक्रम नै ल्याउन सकेको छ नत कोरोना नै नियन्त्रणमा ल्याउन सकेको छ । चैतदेखि भाद्रसम्मको बिचमा केहि समय लकडाउन खुकुलो बनाए पनि त्यो सरकारले कर उठाउने बाटो जस्तो मात्रै हुन पुगेको छ ।
साउन ६ गतेदेखि लकडाउन हटाएर आवाजवत खुकुलो बनाए । त्यहि क्रममा मानिसको चहलपहल बाग्लो हुन पुग्यो । अत्याधिक संक्रमित क्षेत्रबाट उपत्यकामा मानिसको ओईरो लागे र सोहि बेलाको फलस्वरुप नै अहिले उपत्यकामा प्रतिदिन करिब ४ सयको हारहारीमा नया संक्रमति थपिने क्रम जारि छ । उपत्यका कोरोनाको हटस्पोट बनिसकेको छ । संयमत नअपनाए जसलाई पनि कोरोन लाग्न सक्छ । बुधबार बेलुका सम्मा उपत्यकामा करिब ६५ सयको हारहारीमा सक्रिय केस छन् । मलुकभर बुधबार बेलुका सम्मा ४१६४९ जनामा संक्रमण पुस्टि भइसकेको छ । जसमध्ये २३२९० जना निको भईसकेको छ भने २५१ जनाको मृत्यु भएको छ । १८१०८ जना अहिले पनि केहि अस्पताल र होम आईसोलेसनमा उपचाररत छन् ।

यस्तो महामारीको जोखिममा किन पसल खोलेको भन्ने प्रश्नमा जोरपाटि बराल पम्प अगाडि कपड पसल सञ्चालन गरिरहेको एक युवा व्यापारीको जवाफ सुन्ने हो भने अत्यास लाग्दो खालको छ । करिब ९ वर्ष बिदेशमा बसेको सबै पैसा लगानी गरेर २ बर्ष अगाडि ३० लाखमा कपडा पसल सञ्चालन गरेको रहेछ । २ वटा सटरको भाडा मात्रै १ लाख रुपैया मासिक बुझाउनु पर्ने । उनले भने “६ महिना देखि ब्यापार ठप्प छ । ४ महिनाको सटरभाडा तिरेको छैन तारन्तर घरबेटिले फोन गर्छन् र भाडा मागेर हैरान छ । भाडा दिन नसके सटर खाली गर भन्ने सम्माको धम्की समेत दिएको छ । पसल खोलौ सरकारले बन्द गर्छ नखोलौ कहाँबाट पैसा ल्याएर खाने, सटर भाडा तिर्ने ।” भावुक हुदै उनले अगाडि भने “कहिलेकाहि त पसल छोडौ जस्तो पनि लाग्छ तर त्यो पसल मात्रै पनि हैन ९ बर्षको त्याग, लगानी र कमाई पनि हो । बर्र्षै बिदेश गएर कमाएको सबै पैसा त्यही लगानी गरे अहिले धोति न टोपि हुने अवस्थामा छु । अर्काे महिना त सहज होला नी भन्दै बसेको यत्रो महिना भईसक्यो अब त पुलिसको आखा छलेर भएपनि पसल खोल्नै पर्छ । सरकारले घरभाडा मात्रै मिनाहा गर्ने सुविधा भए त किन खोल्थे र पसल । ” सो क्षेत्रमा पसल खोल्न बसिरहेको अधिकांसा व्यापारीहरुको कुरा सुन्ने हो भने राज्याको निर्देशन अबज्ञा गर्नु रहर नभएर बाध्यात रहेको बताउछन् ।
उनि जस्तै नया बानेश्वरमा डेढ वर्ष देखि क्याफे चलाउदै आएको पुजन लिम्बुको पनि हालत उस्तै छ । पत्रकारीतामा स्नातकोत्तर गर्दै गर्दा व्यावसाय सुरु गरेको उनले अहिले जस्तो अवस्था आउला भनेर कहिल्यै सोचेको थिएन । राम्रै लगानीमा सुरुवात गरेको व्यावसाय सुरुमा त राम्रो भएको थियो तर कोरोनाको आगमनले तहसनहस पारिदिए चैतमा गाँउमा गएर करिब ३ महिना उतै बसे । असारमा आएर पसल त खोले तर ग्राहक भन्दा पहिला घरबेटि आए । अब त सहज होला भनेर जसोतसो ऋण गरेर ३ महिनाको भाडा त तिरे तर नत व्यापार पुरानो अवस्थामा फर्किन सके न त सहज आवातजावात नै भए । भए त केवल फेरि निषेधाज्ञा । उनलाई पीर छ अब फेरि सुरु भएको निषेधाज्ञापछि चाहि कसरी भाडा तिर्ने ? । उनले भने “हामी जस्तो स्टर्ट अप युवाहरुको लागि त ऋणको भारि बोकाउने रोग हो यो । व्यवसायमा निरन्तर बसौ भाडा तिर्ने, लगानी गर्ने पैसा छैन छोडेर जाउ लाखौ रुपियाँको लगानी भईसकेको छ । सरकारले केहि योजना ल्याउन सकेन भने हामी जस्ता लाखौ युवाको भविश्य डामाडोल हुने पक्का छ”
उनिहरु त केवल नगन्या प्रतिनिधि पात्र मात्रा हुन । बिगत ६ महिना देखिको लकडाउनले मुलुकको हरेक क्षेत्र डामाडोल छ । लाखौ जनाको रोजगारी गुमेको छ, हजारौको व्यवसाय धरासाय मात्रै हैन पलायन हुनु परेको छ । एक छाक खानको लागि सडकमा निस्कनु पर्ने वातावरण आईसकेको छ । तर सरकार भने निषेधाज्ञा नै केरोनाको उपचार हो भन्ने हिसाबले बसेको देखिन्छ । सरकारले गत महिना मौद्रिक नीति मार्फत केहि राहतको योजनाहरु ल्याएको भए पनि त्यो व्यावहारीक खालको नभएको विज्ञहरुको भनाई छ । संगठित खालको श्रम क्षेत्रमा केहि राहत ल्याए पनि असंगठित क्षेत्रको लागि हात्ति आयो हात्ति आयो फुस्सा खालको योजन मात्रै देखिन्छ । त्यसमाथि झन् पछिल्लो पटक थपेको लकडाउनले अझै कतिसम्मा तहसनहस पार्ने हो त्यो आगामी दिनमा देखिने छ ।
यो रोगबाट बच्न हरेक पक्ष सजग हुनु आवश्यक छ, तर राज्यको नेतृत्वा गरिरहेकाहरुले आम जनताको लागि तत्काल सहज हुने वातावारण वा राहतको योजना ल्याउन नसक्ने हो भने मुलुक ठूलो दूर्घटनामा पर्ने निश्चित छ ।

