खाद्य पसल ११ बजेसम्म निर्माण सामाग्री तथा सवारी २ देखि ९ बजे सम्म खुल्ने

भदौ १७, काठमाडौँ । काठमाडौं उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । यो अनुसार भदौ २४ गते राती १२ बजेसम्मे निषेधाज्ञा कायम रहने छ ।

आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । साथै बैठकले अत्यावश्य वस्तुहरुमा खाद्यवस्तु, दूध, फलफूल तरकारी आदि विहान ११ बजेसम्म विक्री गर्न पाउने व्यबस्था गरेको छ । त्यस्तै विकास निर्माणसँग सम्बन्धित सामग्री पसल तथा सवारी साधन दिउँसो २ः०० बजे देखि राती ९ बजे सम्म सञ्चालन गर्न पाउने छन् ।

साथै पीसीआर नेगेटिभ आएकाले टेकअवे सेवा तथा होम डेलिभरी सेवा पनि सञ्चलन गर्न पाउने सरकारले भदौ ३ गते जारी गरेको निषेधाज्ञा भदौ १० सम्म कामय गरिएकोमा पुनः सात दिनलाई थप गरी आज राती १२ बजे सम्मका लागि कायम गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.