डा. भोला रिजाल दम्पत्तीलाई कोरोना संक्रमण

भदौ १५, काठमाडौँ । वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. भोला रिजाल दम्पत्तीलाई कोरोना भाइरस संक्रमण भएको छ।

डा। रिजाल र उनकी पत्‍नी डा। सरला घिमिरेमा कोरोना पुष्टि भएको हो। उनीहरू दुवैलाई उपचारका लागि धुम्बाराहीस्थित ह्‍याम्स अस्पतालमा भर्ना गरिएको छ । आफूलाई कोरोना पुष्टि भएको बताउंदै डा. रिजालले कोरोना हुँदैमा कोही पनि आत्तिनु नपर्ने संक्षिप्त प्रतिक्रिया दिएका छन्। उनले निको भएर फेरि काममा फर्किने बताउंदै स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुस्खद भएको बताएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.