मुखर्जीको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ – राष्ट्रपति भण्डारी

भदौ १५, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको सोमबार भएको निधनबाट आफू मर्माहत भएको बताएकी छन् ।

उनले सोमबार साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो व्यक्तिगततर्फबाट भारतीय जनता, भारत सरकार र शोकाकूल परिवारप्रति समवेदना व्यक्त गरेकी छन् । “उहाँको निधनबाट नेपालले एक असल मित्र गुमाएको छ”, ट्विटमा लेखेकी छन् ।

स्वास्थ्य अवस्था बिग्रिएपछि पूर्वराष्ट्रपति मुखर्जी केही साताअघि अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.