‘नेपाली म हुन सकु’ बोलको राष्ट्रिय गीत सार्वजनिक ( भिडियो )

भदौ १३, काठमाडौँ । नेपाली मनमा राष्ट्रियताको भावना जगाउनका लागि गीतकार यम प्रसाद आचार्यले आफ्नो नयाँ म्युजिक भिडियो ‘नेपाली म हुन सकु’ सार्वजनिक गरेका छन्।

नेपाली अब उठ्न र जुट्न जरुरी छ र देशलाई समस्या पर्दा ज्यान पनि दिन सकु भन्ने संदेश यस गीतमा व्यक्त गरिएको छ। गीतमा स्वर प्रमोद खरेल रहेको छ भने शब्द यम प्रसाद आचार्यको रहेको छ। यस गीतलाई दीपकराज बिश्वकर्माले संगीतवद्द गरेका हुन्। म्युजिक भिडियोमा सदाबहार नायक दिलिप रायमाझी फिचर्ड छन्। भिडियोलाई उत्सब दाहालले छायांकन गरेका हुन् भने विकाश दाहालले सम्पादन गरेका हुन्। नारायण काँईलो प्रति विशेष धन्यवाद व्यक्त गरिएको यस भिडियोलाई प्रकाश धितालको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो। कोराना कहर बीच सार्वजनिक गरिएको भिडियोलाई साथ र सपोर्ट गरिदिन निर्माण टिमले सम्पूर्ण नेपालीहरुमा आग्रह गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.